काठमाडाैं । फेसबुकमा साढे एक लाखभन्दा बढी फलोअर भएका पूर्वसचिव भीम उपाध्यायले गएको साता एउटा फोटो राखे जसमा थेसिस फोहरको डंगुरसरह फ्याँकेको देखिन्थ्यो । उनले यो फोटोलाई नेपालको भन्दै पोस्ट गरेका थिए । (केही दिनपछि उनले त्यसलाई सच्याए)
हाल क्यानाडामा रहेका भानुभक्त आचार्यले ‘हाम्रा थेसिसको यो हरिबिजोग । हाम्रो बौद्धिक क्षमताको सत्यनाश’ लेख्दै सोही फोटो ६ जनवरीमा फेसबुकमा पोस्ट गरे । यो पोस्टलाई जनवरी ८ मध्यरातसम्म १२१ पटक सेयर गरिएको छ भने ८७ कमेन्ट तथा २९७ रियाक्सन छ ।
यो फोटो कहाँको हो ? यसबारे हामीले तथ्य जाँच गरेका छौँ ।
यो फोटोलाई गुगलको रिभर्स इमेज सर्च गर्ने क्रममा हामीले भारतको आरभीसीजे नामको फेसबुक पेजमा पुग्यौँ । भाइरल मिमहरू राख्ने गरेको यो पेजमा यही फोटो ६ सेप्टेम्बर २०१८ मा राखिएको छ ।
भारतीय सन्दर्भ जोडेर राखिएको यो फोटो ७० हजारभन्दा बढी सेयर भएको छ भने ४ हजारभन्दा बढी कमेन्ट र ८० हजारभन्दा बढी रियाक्सन देखिन्छ ।
तर, यो फेसबुक पेजमा भन्दा पनि अघि यो फोटो केही नाइजेरियाली वेबसाइट र ब्लगहरूमा राखिएको भेटिन्छ ।
उदाहरणका लागि दिप्याराडाइम नामको यो नाइजेरियाली वेबसाइटमा सन् २०१६ को डिसेम्बर ५ मा यो फोटो प्रकाशित छ ।
त्यसैगरी नाइजेरियान्युज हेडलाइन्स टुडे, नाइजेरियामोनिटर जस्ता अरू वेबसाइटमा पनि उति नै बेला यो फोटो राखिएको देखिन्छ ।
यी वेबसाइटहरूले फोटोको स्रोतका रूपमा Franklin Okechukwu Onwubiko को नाम उद्धृत गरेका छन् । फेसबुकमा खोज्ने क्रममा यही नामका पुरुषले ३ डिसेम्बर २०१६ मा योसहित अरू केही फोटो पोस्ट गरेको देखिन्छ(
नाइजेरियाली वेबसाइटले यो फोटो नाइजेरियाको युनिभर्सिटी अफ कालाबारको रहेको उल्लेख गरेका छन्। हामीले ती वेबसाइटले मूल स्रोत मानेका फ्र्याङ्कलिनले अपलोड गरेका फोटोहरू हेर्यौँ ।
अर्को फोटो
यो नजिकबाट खिचिएको छ । नजिकबाट खिचिएको फोटोलाई ध्यान दिएर हेर्दा त्यसमा युनिभर्सिटीको नाम देख्न सकिन्छ ।
फोटोमा युनिभर्सिटी अफ कालाबार, कालाबार, नाइजेरिया लेखेको देखिन्छ । युनिभर्सिटी अफ कालबारको वेबसाइटमा यो विश्वविद्यालय नाइजेरियामा सन् १९७३ देखि सुरु भएको उल्लेख छ ।
दावी : नेपालका विश्वविद्यालयले विद्यार्थीले मेहनत गरी तयार पारेको थेसिस फोहरको डंगुरमा फ्याँके ।
तथ्य जाँच : मिथ्या सूचना । भाइरल भएको यो फोटो सन् २०१६ मै इन्टरनेटमा आइसकेको थियो । त्यतिबेला सार्वजनिक भएका अन्य फोटोहरुमध्ये केही फोटोमा फ्याँकिएको भनिएको थेसिसको कभरमै युनिभर्सिटी अफ कालाबार, नाइजेरिया लेखेको देख्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
hero news full width
मुख्य समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७