Worldlink ads

अमेरिकाबाट फर्केका पति पत्नी  काठमाडौंको हाउजिङमा मृत भेटिए 

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष २५, २०७७
dead-body-1_3199456_835x547-m

काठमाडौं ।  काठमाडौंको टोखास्थित एक हाउजिङमा बस्ने पति पत्नी मृतावस्थामा भेटिएका छन्।

सुर्खेत स्थायी घर भएका सुदीक्षा गिरी र पति उमेश केसी मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता प्रमेश विष्टले पति बेडरुममा घोप्टो अवस्थामा मृत भेटिएको र श्रीमती झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।

उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

टोखास्थित ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा उनीहरु बस्दै आएका थिए।

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। डीएसपी विष्टले अहिले नै के भएको भन्नेबारे आफूहरुले अनुसन्धान गरिरहेकाले वास्तविकता अनुसन्धानपछि मात्रै पत्ता लाग्ने बताए।

तर, अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकृतका अनुसार श्रीमतीले पहिले श्रीमानको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

उमेश केही दिन अघिमात्रै अमेरिकाबाट फर्किएको बुझिएको छ। दुवैको शव पोष्टमार्टम्का लागि राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads