पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु भएको छ ।
संघको आगामी नेतृत्वका लागि शनिबार मतदान हुँदैछ ।
महाधिवेशनमा नारायण कोइराला र विन्दु कोइराला सुवेदी प्यानल चुनावी मैदानमा छन् । नारायण वर्तमान समितिमा वरिष्ठ उपाध्यक्ष र विन्दु उद्योगतर्फकी उपाध्यक्ष छन् ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म मतदान व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । संघको २९ सदस्यीय कार्यसमितिमा २४ जना निर्वाचित र निवर्तमान अध्यक्ष अलावा ४ जना मनोनीत हुने छन् ।
संघमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापतिसहित ३ सदस्य यसअघि नै निर्विरोध भइसकेका हुन् । कर्पोरेट सदस्यमा हर्कबहादुर अधिकारी र हरिहर सापकोटा तथा औद्योगिकमा हीरामणि पण्डित निर्विरोध भए ।
संघको उपाध्यक्ष (वाणिज्य) मा अर्जुन पोखरेल र सोवित पौडेल तथा उपाध्यक्ष (उद्योग) मा गोकर्ण कार्की र चिनुकुमारी गुरुङ चुनावी मैदानमा छन् । महासचिवमा धनीराम बराल र सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौला भिड्दैछन् । कोषाध्यक्षमा तारानाथ ढुंगाना र बलराम आचार्य चुनावीमा मैदानमा छन् ।
साधारण सदस्यतर्फ उत्तममान बुद्धाचार्य, उत्तमसेवक कार्की, ऋषिराम भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र सापकोटा, देवेन्द्र केसी, भरत केसी, पवित्रादेवी गुरुङ, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानांग र हरिराज पन्तले उम्मेदवारी दिएका छन् ।
वस्तुगततर्फ उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गोंगजु, रामबहादुर केसी र रुपनारायण भुजेलको उम्मेदवारी छ ।
कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै मतदाता क्रमसंख्याअनुरुप ३ स्थानमा मतदान गर्न सकिने निर्वाचन समिति समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतदान केन्द्र १ मा क्रमसंख्या १ देखि १२०० सम्म, मतदान केन्द्र २ मा १२०१ देखि २४०० सम्म र मतदान केन्द्र ३ मा सम्पूर्ण कर्पोरेट, वस्तुगत, औद्योगिक सदस्य र मतदाता क्रम संख्या २४०१ देखि २९४० सम्मले मतदान गर्न पाउनेछन् ।
मतगणना पुस २६ गते बिहान ८ बजेदेखि संघको सभाहलमा सुरु हुनेछ । संघमा साधारण सदस्यतर्फ मतदाता २ हजार ९ सय ४० जना, औद्योगिक सदस्य १ सय २६, कर्पोरेट ५९, बस्तुगत सदस्य २९ जना छन् ।
Related News
सम्बन्धित समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७