पोखरा । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले कास्कीमा निर्माण भइरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाका लागि २० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
शुक्रबार एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलल ऋण लगानी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा अध्यक्ष पोखरेलले कामको तीब्रता, पारदर्शिता र गुणस्तारलाई हेरेर ऋण लगानी गर्नु आयोजनाकै लागि ठूलो सफलताको विषय भएको बताए । उनले आयोजनाको काम तोकिएकै समयमा सक्ने प्रतिवद्धता पनि जनाए । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ मा निर्माण भइरहेको आयोजनाको हाल झन्डै १५ प्रतिशत काम सकिएको छ । यो आयोजना निर्माणका लागि गत असार १ गते ‘जेनेरेसन लाइसेन्स’ प्राप्त भएको थियो । उक्त मितिले २७ महिनाभित्रमा आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
करिब ५ अर्ब रुपैयाँ लगानी हुने उक्त आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी र ऋण लगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट यसअघि नै बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौता भइसकेको छ । आयोजनामा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरी ३ अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।
Related News
सम्बन्धित समाचार
‘अब बाह्रै महिना विद्युत् निर्यात’
सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु
बिजुली नहुँदा मालिका अन्धकार
लमजुङमा विद्युत् उत्पादन घट्यो
म्याग्दीकाे कुइनेमंगलेमा ठूलोखोला जलविद्युत् योजना
hero news full width
मुख्य समाचार
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७