पोखरा । राष्ट्रिय आविष्कार केन्द्रलाई निजी विद्यालयको छाता संस्था प्यावसन कास्कीले २ लाख सहयोग गरेको छ ।
प्याब्सनको ३१ औं वार्षिकोत्सवका अवसरमा कास्की प्याब्सनले सामाजिक उत्तरादायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो ।
प्याब्सन कास्कीले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमका पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले केन्द्रका अध्यक्ष महाविर पुनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
त्यसैगरि वार्षिकोत्सव कार्यक्रम अन्तरगतनै प्याब्सन कास्कीले पोखरा महानगर शिक्षा महाशाखालाई १० हजार थान मास्क उपलव्ध गराएको छ ।
कार्यक्रममा कास्कीमा आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेका ६ वटा विद्यालयलाई समेत प्याब्सन कास्कीले सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा नेपाल आदर्श आवासीय विद्यालय, ग्लोबल कलेजियट, रेन्बो एकेडेमी, न्यु एरा एकेडेमी, सबलाइम एकेडेमी, र लिटिल डेफोडिल छन् ।
कार्यक्रम अन्तरगत प्याब्सनले विभिन्न १० विद्यालयमा २० वर्ष सेवा पूरा गरेका १८ जना शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार डोलराज पाण्डे, हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, प्याब्सनका द्वितीय उपाध्यक्ष मथुराप्रसाद पौडेल, सचिव विष्णु तिमिल्सिना लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहयोग
जनप्रिय माविले मनायो ५२ औं वार्षिकोत्सव
केशवराज रेग्मी प्रतिष्ठानद्वारा सम्मान
स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
‘नेपाली भाषा विषयको अवमूल्यन नगर’
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७