म्याग्दीकाे अन्नपूर्ण गाउँपालिकामा बन्यो अस्थायी कोरोना अस्पताल

साधन राम्जाली
पौष २४, २०७७
annapurna covid hospital (1)

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल बनाएको छ । गाउँपालिकाले वडा ४ स्थित नारच्याङमा निर्मित अस्पतालको बुधबार गाउँपालिका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले उद्घाटन गरे ।

उनले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन र कोरोना संक्रमितको उपचारका लागि कोरोना अस्पताल सहयोगी हुने अपेक्षा गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल बनाउन गर्न १० लाख रुपैयाँ निकासा गरेको थियो । अस्पताल सञ्चालनका लागि मेडिकल अफिसरसहित २ स्टाफ नर्स, कार्यालय सहयोगीसहित ५ जना जनशक्ती परिचालन हुनेछन् ।

कार्यक्रममा उपाध्यक्ष केशमाया मगरले कोभिड अस्पताल सञ्चालनका लागि सबैको साथ र सहयोगको आवश्यक रहने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले गएको असोज महिनामै डाक्टरसहित दक्ष जनशक्तिको व्यवस्थापन गरी कोभिड अस्पताल स्थापना र सञ्चालन गर्ने तयारी

गरिएको भए पनि जनशक्तिको अभावमा समयमै अस्पताल सञ्चालन गर्न नसकिएको बताए ।

कार्यक्रममा कोरोनामुक्त ४ मध्ये २ जनालाई सम्मान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत प्रमुख प्रशासकीय अधिकृत सुवेदी र सञ्चालन स्वास्थ्य संयोजक समुन्द्र बरुवालले गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति ले.बेलबहादुर पुर्जा, वडाध्यक्ष चन्द्रप्रसाद फगामी र कार्यपालिका सदस्य आत्म तुलाचन, डा लक्ष्मी पन्थीलगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ। आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…
  • गण्डकीले ल्यायो स्वास्थ्य तालिम रणनीति

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका तालिमलाई व्यवस्थित, योजनावद्ध र प्रभावकारी बनाउन रणनीति तयार गरिएको छ । फागुन २३ गतेको…
  • पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. विनोदविन्दु शर्माको नेतृत्वमा आएको निरीक्षण टोलीले मंगलबार पोखरा–३०, खुदीमा…
  • सरकारी विद्यालयमा शुल्क उठाउन रोक

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका…

hero news full width