निर्माण सामग्रीमा मूल्यवृद्धि, निर्माण व्यवसायीले गरे मुख्यमन्त्रीकाे ध्यानाकर्षण

आदर्श समाज संवाददाता
पौष २४, २०७७
nirman (1)

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले निर्माण सामग्रीको अभावसँगै अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।

संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले बिहीबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सो सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कोभिड–१९ कारण आक्रान्त परेको बेला निर्माण सामग्रीको मूल्यवृद्धिसँगै सामग्री अभाव देखिएको जनाएको छन् ।

उनका अनुसार निर्माण सामग्री सिमेन्ट, डन्डी, ग्याबिन, तार, बिटुमिन, गिट्टी, बालुवा, फलामबाट निर्माण हुने सामानको मूल्यवृद्धि भएको र बजारमा सामानको अभाव सृजना भएकोले

निर्माण व्यवसायी नै धरासायी हुने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

संघले सो सम्बन्धमा आवश्यक कदम चाल्नुपर्ने माग गर्दै पुनः दररेट समायोजन गरी नयाँ दररेट कायम गर्न माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width