विघटनपछि ओलीको मन्त्री अफर  : देवेन्द्र पौडेल

श्रीभद्र पौडेल
पौष २४, २०७७
ne ka pa progrem photo

हेमजा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि धेरै कार्यकर्तालाई मन्त्रीको अफर गरेको बताएका छन् ।

पोखरामा बिहीबार नेकपा सम्बद्घ जनवर्गीय संगठनहरुको जिल्ला भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पौडेलले सो कुरा बताएका हुन् । आफ्नो गलत कदम ढाकछोप गरी समर्थन गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सयौँलाई मन्त्रीको अफर बाँडेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्घ सशक्त ढंगले प्रतिवाद गर्नुपर्नेमा जोड दिए । राजनीतिमा थकाइ भन्ने कुरा नहुने रैछ भन्दै पौडेलले नेकपाको संस्थापक पक्ष प्रचण्ड नेपाल समूह नै भएको दाबी गरे ।

नेकपामा प्रचण्ड–माधव समूहले गण्डकी प्रदेश मुख्यमन्त्री समेत रहेका पृथ्वीसुव्वा गुरुङलाई हालैमात्रै प्रदेश इन्चार्जबाट हटाएर देवेन्द्रलाई मनोनीत गरेको थियो ।

पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व पर्यटन मन्त्री योगेशकुमार भट्टराईले अबको ३ महिनाभित्र प्रतिनिधिसभा विघटन उल्टिने धारणा राखे ।

२०६१/०६२ को संसद विघटन ३ वर्षमा फर्केको स्मरण गर्दै भट्टराईले अबको ३ महिनाभित्रै अहिलेको विघटन पनि फर्किने दाबी गरे । प्रधानमन्त्रीले धेरै विकल्प हुदाँहुँदैे शक्तिको आडमा असंवैधानिक कदम चालेको उनको ठहर छ ।

कार्यक्रममा पार्टीका जिल्ला सहइञ्चार्ज चूडामणि जंगली, जनजातितर्फबाट दलबहादुर गुरुङ, राष्ट्रिय युवा संघका सुमन देवकोटा, अनेरास्ववियुका राजन शर्मा पराजुली, दलित मुक्ति संगठनका होम नेपाली, नेता धनराज आचार्य, जिल्ला सचिव बखानसिंह गुरुङ लगायतले ओली सरकारले प्रतिक्रान्तिलाई मलजल गरेको, मुलुकलाई बर्वादीमा धकेलेकोे, शक्ति आडमा बहुलठ्ठी पाराले संसद विघटन गरेको, नेपाललाई सिरिया र अफ्गानिस्तानजस्तो बनाउन खोजेको, समग्र कम्युनिष्ट आन्दोलनलाई धोका दिएको भनी आरोप लगाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width