पाेखराकाे पृथ्वीचोकमा गोल्डस्टारको सोरुम

आदर्श समाज संवाददाता
पौष २४, २०७७
goldstar

पोखरा । गोल्डस्टारको नयाँ सोरुम पृथ्वीचोकमा सञ्चालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त सोरुम सचालनमा ल्याएका हुन् । २ वर्ष अघि सिदार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको राम्रो बिक्रीपछि पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो ।

बिहीबार पत्रकार सम्मलेनमा सोरुमको विषयमा जानकारी दिँदै सञ्चालक राजन केसीले औपचारिक रुपमा पुस २६ गते उद्घाटन हुने बताए । नेपाली चलचित्रकी नायिका वर्षा राउतले सोरुम उद्घाटन गर्ने तय भएको छ ।

केसीले ग्राहकको सहज सुविधाका लागि सोरुम खोलिएको जानकारी गराए । एउटै छानामुनि गोल्डस्टारका सम्पूर्ण मोडलका जुत्ता बिक्रिवितरण गर्ने लक्ष्य केसीको छ । नेपालमै उत्पादन भएको गोल्डस्टारका जुत्ता पोखरामा सजिलै प्रवाह गर्ने उदेश्यस्वरुप नयाँ स्वरुम सचालनमा आएको हो ।

केसीले गोल्डस्टार सबै उमेरसमूहको रोजाई भएको बताए । बाहिरभन्दा गोल्डस्टारकै सोरुमबाट जुत्ता खरिद गर्दा रकम सँगै गुणस्तरमा फरकपन आउने उनको भनाइ छ ।
दैनिक ३५ देखि ४० जोडी जुत्ता बिक्री हुने गरेको केसीले बताए । उनले सोरुममा कम्पनीले नै तोकेको दररेटमा पनि १० प्रतिशत छुट दिएर सेवा दिइरहेको जानकारी गराए । उद्घाटनका अवसरमा पुस २६ देखि २८ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । ३५ देखि ४० लाख हाराहारी लगानीमा उक्त सोरुम सञ्चालनमा आएको हो ।

गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले गोल्डस्टारको स्थापना सन् १९७० मा भएको जानकारी गराए । उनले गोल्डस्टारको ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको उल्लेख गरे । ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width