पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु हुँदैछ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार यो महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
उनका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम शनिबार हुनेछ । जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएको छ । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र विद्युतीय माध्यमबाटै गरिने छ ।
जिल्ला प्रशासनको स्वीकृतिअनुसार भर्चुअलमार्फत गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नेछन् ।
त्यस्तै, चुनावी कार्यक्रम प्रदर्शनी केन्द्र, नयाँबजारमा हुनेछ । निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदाताको प्रत्यक्ष उपस्थितिमै मतदान व्यवस्था मिलाइएको छ । मतगणना भोलिपल्ट आइतबारबाट मात्र सुरु गरिने छ ।
आयोजकका अनुसार महाधिवेशनमा कोभिड–१९ बाट बच्न सम्पूर्ण सुरक्षा सावधानी अपनाइने छ ।
संघको २९ सदस्यीय कार्यसमितिका लागि ४ जना उम्मेदवार निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र ३ सदस्यमा निर्विरोध भएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले बताए । वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध भएका छन् । प्रजापति हालका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको प्यानलमा छन् । कर्पोरेट सदस्यमा हर्कबहादुर अधिकारी र हरिहर सापकोटा निर्विरोध भए । औद्योगिक सदस्यमा हीरामणि पण्डित निर्विरोध भए ।
संघको अध्यक्षमा नारायण कोइराला र विन्दु कोइराला सुवेदी, उपाध्यक्ष (उद्योग) मा गोकर्ण कार्की र चिनुकुमारी गुरुङ तथा उपाध्यक्ष (वाणिज्य) मा अर्जुन पोखरेल र सोवित पौडेल चुनावी मैदानमा छन् । नारायण वर्तमान समितिमा वरिष्ठ उपाध्यक्ष र विन्दु उद्योगतर्फकी उपाध्यक्ष हुन् ।
महासचिवमा धनीराम बराल र सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौला भिड्दैछन् । कोषाध्यक्षमा तारानाथ ढुंगाना र बलराम आचार्य चुनावीमा मैदानमा छन् ।
साधारण सदस्यतर्फ उत्तममान बुद्धाचार्य, उत्तमसेवक कार्की, ऋषिराम भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र सापकोटा, देवेन्द्र केसी, भरत केसी, पवित्रादेवी गुरुङ, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानांग र हरिराज पन्तले उम्मेदवारी दिएका छन् ।
वस्तुगत संघ सदस्यमा उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गोंगजु, रामबहादुर केसी र रुपनारायण भुजेलको उम्मेदवारी छ ।
अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षबाहेक उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधानअनुसार १० जना साधारण सदस्यका तर्फबाट, ४ जना वस्तुगत, २ जना एसोसिएट र १ जनाले औद्योगिक सदस्यतर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्ने महासचिव अर्जुन पोखरेलले बताए ।
Related News
सम्बन्धित समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७