डेढ लाख घुससहित सब इन्जिनियर पक्राउ

सविन लामिछाने
पौष २२, २०७७
tanahu ghus

दमौली । १ लाख ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँबाट एक जना सब इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

आयोगको पोखरा कार्यालयले भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहँुमा कार्यरत सब– इन्जिनियर सुरेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

आयोगको पोखरा कार्यालयका  प्रवक्ता प्रवक्ता मेघनाथ रिजालले विद्यालयको शौचालयको निर्माण सम्पन्न गरेको विवरण बनाएवापत सबइन्जिनियर अधिकारीले सेवाग्राहीबाट घुस मागेको बताए ।

सब इन्जिनियर अधिकारीले भानु –५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिलाए वापत घुस मागेका थिए ।

विद्यालयका अधिकारीहरुले अख्तियारमा उजुरी दिए पछि पोखराबाट आएको टोलीले व्यास ३ मालपोत लाइनको भीरकोट रेस्टुरेन्टमा नगद दिनासाथ नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width