दमौली । तीलमाया गुरुङको बिहान पानी ओसार्दैमा बित्छ । उठ्नेबित्तिकै डोको र नाम्लो लिएर १५ मिनेट जति ओह्रालो झर्नुपर्ने बाध्यता अझै टरेको छैन । बाह्रैमहिना उकालोमा पानी बोकेर ल्याउनुपर्ने उनको गुनासो छ । ‘न हिउँद भन्नु, न बर्खा । डोकोमा पानीको गाग्री बोक्नुपर्ने बाध्यता हटेको छैन्,’ उनले भनिन्, ‘असिनपसिन हुँदै पानी बोकेर ल्याउनुपर्छ, तैपनि पर्याप्त हुँदैन । ’
तीलमायाको झैं स्थानीय बासिन्दाको पनि उस्तै गुनासो छ । केही समय पानी तान्ने मोटर लगाएर समस्या हटाउन गर्न खोजे पनि मोटर बिग्रिएर पछि समस्या जस्ताको त्यस्तै छ । हिउँद महिनामा पानी पाइँदैन, बस्तीभन्दा तल कुवामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ ।
सरकारले ‘एक घर, एक धारा’ नीति ल्याए पनि कार्यान्वयन नहुँदा व्यास ५, चुँदेरको बजार डाँडामा पानीको चर्को समस्या छ ।
पानीको समस्याले स्थानीयको सामाजिक क्षेत्रमा पनि प्रत्यक्ष असर पारेको छ । स्थानीय तिलबहादुर थापाले पानीकै समस्याले छोराहरुको विवाह नहुने होकी भन्ने चिन्ता रहेको बताए । ‘हाम्रो समस्या कस्ले बुझ्छ र ? खानेपानीको समस्या देखेपछि आफ्नो छोरालाई छोरी दिन्न कि भन्ने चिन्ता छ ,’ उनले थपे, ‘गर्मी मौसममा पानी नै हुँदैन गाईवस्तुलाई झन् कसरी पुर्याउने भन्ने समस्या छ ।’ उनले भने,‘पारि गाउँमा केही घरमा घरैपिच्छे पानी छ । हाम्रोमा पानी ओसार्दैमा दिन बित्छ । ’
२ महिनाभित्र घरघरमा खानेपानी पुर्याउने उद्देश्यसहित योजना सुरु
गाउँलेको यो समस्या समाधान गर्न स्थानीय तह र रोटरीको संयुक्त लगानीमा २ महिनाभित्र घरघरमा खानेपानी पु्याउने उद्देश्यसहित खानेपानीको योजना सुरु भएको छ ।
अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा उक्त ठाउँमा सोमबारदेखि खानेपानीको योजना निर्माण कार्य सुरु भएको हो । डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटाउन रोटरी चुँदेर खानेपानी योजनाको शिलान्यास गरिएको हो ।
एक करोड १६ लाख ४० हजार लगानीमा निर्माण हुन लागेको उक्त खानेपानी योजनामा रोटरीको ८४ लाख १२ हजार रुपैयाँ लागत छ । खानेपानी योजनाको शिलान्यास रोटरी क्लब, ३२९२ का निवर्तमान गभर्नर किरणलाल श्रेष्ठ र व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरे ।
निवर्तमान गभर्नर श्रेष्ठले सन् २०३० सम्म हरेक ठाउँमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्य रोटरीको रहेको बताए । उनले भने, ‘रोटरीले शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर सहयोग गदै आएको छ ।
नगरप्रमुख न्यौपानेले सरकारी निकायसँग समन्वय गरी सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी पु्याउने उद्देश्य रहेको बताए । खानेपानी समस्याले विस्थापित स्थानीयवासी गाउँमा पानी आएपछि फर्किने उनले विश्वास व्यक्त गरे ।
रोटरी क्लबका संस्थापक अध्यक्ष एवं सविधानसभा सदस्य रामचन्द्र पोख्रेलले रोटरीले हरेक क्षेत्रमा सहयोग गर्दै आएको बताए । व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले ग्रामीण भेगको डाँडामा बस्ती र मुहान खोल्सामा रहेको कारण खानेपानीको मुख्य समस्या रहेको बताउँदै योजना सम्पन्नपछि सहज हुने बताए ।
रोटरी क्लब अफ दमौलीको सक्रियतामा उक्त ठाउँमा खानेपानी योजनाको लागि डिपिआर तयार गरिएको थियो । २ सय ५४ मिटरको दूरीको मुहानबाट पानी ल्याई ट्यांकी मार्फत घरघरमा पानी वितरण गर्ने योजना रहेको रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । उक्त खानेपानी आयोजनाबाट बजारडाँडा मात्र नभइ चुँदेर, रानीटारी र नेपालटारका गरी २ सय २९ घरधुरी लाभान्वित हुने छन् ।
Related News
सम्बन्धित समाचार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
घरपरिवारबाटै अपहेलित छन् बहिरा
hero news full width
मुख्य समाचार
स्वस्थानी व्रत आजदेखि
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७