नारायण कोइराला प्यानललाई संस्थागत समर्थन

आदर्श समाज संवाददाता
पौष २१, २०७७
narayan koirala

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेसनमा प्यानल घोषणा गरेर उम्मेदवारी दिएका नारायण कोइराला प्यानलका अधिकांश उम्मेदवारलाई संस्थागत निर्णय गरेरै सहयोग गर्ने संघ संस्थाहरुले जनाएका छन् । युवा उद्यमी मञ्चले वाणिज्य तर्फका उम्मेदवार अर्जुन पोखरेललाई सहयोग गर्ने निर्णय गरेको छ । यो संस्थामा १ सय १० सदस्य छन् ।

यस्तै, पश्चिमान्चल होटल संघ र गण्डकी जग्गा तथा आवास संघले पनि पोखरेललाई मतदान गरिदिन संस्थागत अपिल गरेको छ । होटल संघले सोही प्यानलबाट उम्मेदवारी दिएका कार्यसमिति सदस्य देवेन्द्र केसीलाई समेत मत मागिदिएको छ । होटल संघमा २ सय ५० भन्दा बढी सदस्य उद्योग वाणिज्य संघका मतदाता छन् भने आवास संघसँग झण्डै २ सय मतदाता रहेको संस्थाले दाबी गरेको छ ।

सोमबार पोखराको चाउथेस्थित खसी बजार र चिप्लेढुंगामा रहेको बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले नारायण प्यानलका उम्मेदवारलाई सहयोग गर्ने जनाएको छ । विशाल बजारमा ९२ मत छ भने खसी बजारमा ३० भन्दा बढी मत रहेको बताईएको छ । विशाल बजारका अध्यक्ष केशबबहादुर खत्री उपमहासचिव पदका उम्मेदवार छन् । उता मुद्रण उद्योग संघ कास्कीले भने सदस्यमा दिनेशचन्द्र बास्तोललाई सहयोग गर्ने निर्णय गरेको छ । बास्तोला मुद्रण संघ कास्कीको समेत सदस्य हुन् ।

नारायणको प्यानलमा मतदाताको झुकाव
पोखरा १७ विरौटामा तिमिला स्टोर्स सञ्चालन गरेका ऋषव तिमिला नियम अनुसार पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनबाट नारायण कोइराला अध्यक्ष बन्नुपर्ने बताउँछन् । लामो समयदेखि पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा सक्रिय सहभागी भएका तिमिलाले अनुभव बटुल्दै संस्थाको नेतृत्वमा दावी गर्नु स्वभाविक भएको भन्दै नारायण कोइराला उपाध्यक्षमा काम गरिसकेकोले अध्यक्षमा निर्वाचित हुनुपर्ने बताउँछन् । ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि जो वरिष्ठ उपाध्यक्ष हुन्छ, उही अध्यक्ष बन्नुपर्छ । सोही हिसावले तल्ला पद पनि माथि माथि जान्छ,’ उनले भने, ‘यो सिद्धान्त अनुसार पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा नारायण कोइरालाको प्यानल अगाडि बढेको छ । मेरो समर्थन यही टिमलाई छ ।’ उनले अरु सदस्य र पदाधिकारीलाई समेत पालो कुरेर नेतृत्वमा जान सुझाव दिए ।

कोइरालाको प्यानल राम्रो भएको कारण आफ्नो समर्थन रहेको र अरु मतदातालाई पनि सोही प्यानल जिताउन भोट माग्ने उनले बताए । नारायण कोईराला प्यानलले मंगलबार पोखरा १७ डेविडफलबाट आफ्नो घर दैलो कार्यक्रम सुरु गरेको थियो । कोइराला प्यानल घरदैलो कार्यक्रमका क्रममा छोरेपाटन, बरालफिड, विरौटा, घारिपाटन, ड्यामसाईड, लेकसाईड लगाएत क्षेत्रमा पुगेको थियो ।

मंगलबारको घरदैलो कार्यक्रमको सुरुवात ड्यामसाइडस्थित पुष्प बरालले सञ्चालन गरेको खुुसी क्रियसनबाट भएको थियो । बरालले आफ्नो पसलबाट घरदैलो कार्यक्रमको सुरुवात गर्दै जित सुनिश्चित भएको भन्दै सम्पूर्ण उम्मेद्वारहरुलाई अविर र खादा लगाईदिएका थिए । उनले नारायण कोईरालाको प्यानलमा भएका सबै उद्योगी व्यावसायीको मर्का बुझ्ने खालको भएको प्रतिक्रिया दिए । ‘सबै उम्मेद्वारहरु सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन्, काम गर्ने जोश र जाँगरले भरिएका छन् । जीत र हार एक ठाँउमा होला मेरो तर्फबाट उहाँहरु अहिले नै विययी भैसक्नु भयो,’ उनले भने ।

पोखरा लेकसाईडका यती गेष्ट हाउसका संचालक निलकण्ठ शर्मा पनि कोईराला प्यानलले जित्नेमा ढुक्क छन् । पोखरा उद्योग वाणिज्य संघका पुराना साक्षी उनि हरेक वर्षको महाधिवेशनमा गतिलो नेतृत्वको खोजीमा रहन्छन् । पुराना व्यापार व्यावसायका कुरा सम्झदै उनि भन्छन्, ‘पोखरा व्यापार संघको विस्तारित रुपनै पोखरा उद्योग वाणिज्य संघ हो ।’ पोखरा उद्योग वाणिज्य संघको आफ्नै एक खालको ईतिहास भएको कारण यो टिम विजयी हुने उनको विश्वास छ । यही समूहले मात्रै संघको विरासत धान्न सक्ने उनको बुझाई छ ।
होटल स्नो ल्याण्डका सञ्चालक गणेश बहादुर थापा यो भन्दा पहिला पहिलाको नेतृत्वबाट सन्तुष्ट छैनन् । ‘यो भन्दा अगाडी पनि चुनाव हुने जित्ने अनि नेतृत्वमा पुगेपछि केही काम नगर्ने भएकै हो, यो पटक हेर्न बाँकी छ,’ उनले भने, ‘यो पटक परम्परा धान्ने मात्रै समिति नबनोस् ।’ घरदैलोका क्रममा अधिकांश उद्योगी, व्यवसायीहरु नारायणकै प्यानल जित्ने विश्वासमा छन् ।

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् ।

तीमध्ये बरिष्ठ उपाध्यक्ष प्रजापति, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी सर्वसम्मत निर्वाचित भैसकेका छन् । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width