कक्षा १२ को परीक्षाफल माघ पहिलो साता

आदर्श समाज संवाददाता
पौष २१, २०७७
exam board

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो सातासम्म कक्षा १२ को नतिजा प्रकाशन हुने जनाएको छ।

बोर्डका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको तर विद्यार्थीको नतिजा ‘इन्ट्री’ गर्ने काममा केही समस्या भएकाले ढिलाइ भएको हो।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा र सिम्बोल नम्बर भरेको नमिल्दा केही समय रुजु गर्न ढिलाइ भएको बताए।

‘स्कुलले हामीले दिएको फर्म्याटमा भर्ने क्रममा बिगारेकाले रुजु गर्न समस्या भएको हो,’ उनले भने, ‘अब यी समस्यालाई मिलाउँदै चाँडोमा पुस अन्तिम र ढिलोमा माघको पहिलो साता नतिजा प्रकाशन गर्छौं।’

गत ९–१६ मंसिरमा सम्पन्न परीक्षामा चार लाख ३३ हजार १८० परीक्षार्थी सहभागी भएका थिए। कोरोना भाइरस प्रभावित विद्यार्थीका लागि भने १६–२३ पुससम्म परीक्षा सञ्चालन भइरहेको छ।

ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको छ।

महामारीका कारण विद्यार्थीले कुल १०० पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको मात्रै परीक्षा दिएका थिए।

सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनबाट २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्ताङ्कबाट ४० प्रतिशत अंक दिने यसअघि नै निर्णय भएको थियो।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width