विशेष अधिवेशन आज, मत बाझिँदा कार्यसूची बनेन

आदर्श समाज संवाददाता
पौष २१, २०७७

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभा स्थापना भएपछि पहिलोपटक हुन लागेको अधिवेशन दिउँसो १ बजे पोखरा सभागृहमा हुने तय भएको छ ।

विशेष अधिवेशनमा पेस हुने विषयवस्तुका बारेमा कार्यसूची बनाउन भने दलहरु असफल भएका छन् । कार्यसूचीका लागि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसे पनि समिति सदस्यबीच नै मत बाझिएका कार्यरण सहमति जुट्न सकेको छैन ।

प्रतिपक्ष दलका सांसद संकल्प प्रस्तावमा रहेका र सत्तापक्ष सार्वजनिक महत्वको प्रस्तावका पक्षमा रहेकाले कार्यसूचीमा सहमति नजुटेको हो । यसका लागि आज बिहान ११ बजे फेरि बैठक बस्दैछ ।

कोरोना नियन्त्रण गर्न नसकेको, महंगी र बेरोजगारी अस्वभाविक रुपमा बढेको, विकास निर्माणका काम ठप्प भएको लगायत एजेन्डा देखाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी जनता समाजवादी पार्टीले विशेष अधिवेशन मागेका हुन् ।

अधिवेशनको पूर्वसन्ध्यामा दुवै प्रतिपक्षी दलले संयुक्त बैठक बसेर एजेन्डागत रुपमा प्रतिवेदन तयार गरेका छन् । उक्त प्रतिवेदन विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा पेस गर्ने छन् । प्रतिवेदनमा अहिले प्रदेशमा २ सय ३९ प्रतिशत कोरोना परीक्षण घटेको देखाइएको छ ।

यसबाहेक अब आउने भ्याक्सिनको परिचालन, विकास निर्माण कामको सक्रियता बढाउन पनि सुझाइएको छ । प्रतिपक्षी दलले माघ महिनाभरि बजेट कार्यान्वयनको थालनी नभए आत्मसमर्पण गर्न सरकारलाई चेतावनी दिएको छ ।

अधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने ४ वटै दलका नेताले संबोधन गर्ने छन् । यहाँ सत्तारुढ नेकपासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल जनता समाजवादी र सरकारको समर्थक दल राष्ट्रिय जनमोर्चा छन् । एजेन्डाबाहेक अरु गतिविधि नहुने बताइएको छ ।

नेकपाको विभाजनपछि रुष्ट बनेको दाहालने/पाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराउने चेतावनी दिएको थियो । तर संख्या नपुग्ने भएपछि त्यसबाट पछि हटेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width