Worldlink ads

दाहाल नेपाल समूहले हटायो गण्डकी र लुम्बिनी प्रदेशका इन्चार्ज

adarsha samaj आदर्श समाज संवाददाता
पौष २०, २०७७
ps shankar

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा यसअघि इन्चार्जको जिम्मेवारीमा रहेका नेताहरुलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले लुम्बिनी प्रदेशको इन्चार्ज रहेका मुख्यमन्त्री शंंकर पोखरेल र गण्डकी प्रदेशको इन्चार्ज रहेका पृथ्वी सुब्बा गुरूङलाई हटाएको हो।

स्थायी कमिटी सदस्य गोकर्ण विष्टका अनुसार बैठकले लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिएको छ भने गण्डकी प्रदेशको इन्चार्जमा देवेन्द्र पौडेललाई तोकेको छ।

दाहाल नेपाल समूहले हटाएका दुवै इन्चार्ज ओली निकटका नेताहरु हुन्।

उक्त समूहले पार्टीको जिम्मेपारी हेरफेर र नयाँ संंरचना बनाउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads