पोखरा । गण्डकी प्रदेशको पशु तथा मत्स्य निर्देशनालयले यहाँका सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको छ । कोभिडपछि पशुपालनको क्षेत्रमा देखिएका चुनौती र अवसरका बिषयमा छलफल गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कोरोनाले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए । ‘कतिपय क्षेत्र डामाडोल छ । केही समस्या त कृषिमा पनि भयो,’ उनले भने, तर उत्साह र आकर्षण समेत थपिएको छ । बाँझा जमिनमा खेती हुन थाले ।’ उनले पशु र मत्स्यको व्यवसायिक पालन विस्तारमा सरकार क्रियाशील रहेको बताए ।
मन्त्रालयकी सचिव शवनम शिवाकोटीले किसानलाई विना झन्झट सहयोग गर्न कर्मचारीलाई निर्देशन दिइन् । उनले व्यवसायिक कृषिका लागि सरकारले बढी ध्यान दिएको भन्दै त्यसको लाभ लिन आग्रह गरिन् । ‘धेरै कार्यक्रमहरु छन् । तर किसानसम्म त्यो कार्यक्रम पु¥याउन सरोकारवालाको भूमिका रहन्छ,’ उनले भनिन्, ‘बढी भन्दा बढी किसानलाई समेटेर कार्यक्रमको प्रतिफल पु¥याउनुपर्छ ।’
गण्डकीलाई मासु, अण्डा र माछामा आत्मनिर्भर बनाउन सरकार कम्मर कसेर लागेको उनीहरुको भनाई छ । सरोकारवालाहरुले भने माग र उत्पादनका आधारमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन सुझाव दिए । निर्देशनलायका निर्देशक डा. मनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बरिष्ठ पशु चिकित्सक डा. प्रेरणा सेढाईं भट्टराईले गरेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
कास्कीमा खुल्यो कृषि ज्ञान केन्द्र
अन्नपूर्णमा कुखुरापालन तालिम
सबै खर्च किसानको पक्षमा छ: मन्त्री लेखबहादुर थापा
बिउका लागि लेखनाथमा आलु खेती
गण्डकी काउ फार्म: सम्झौताको वर्ष बित्यो, काम शून्य
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७