पोखरा । जनसहकारी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा रामकृष्ण ढुंगाना निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको अधिवेशनले ढुंगानाको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेकाे हाे ।
उपाध्यक्ष्मा प्रकाश गिरी, सचिवमा कीर्तिराज ढकाल, कोषाध्यक्षमा ज्योति जिसी कार्की र सहसचिवमा पार्वतीदेवी सापकोटा चयन भए । सदस्यमा राधिका कार्की, लोकराज कोइराला, अनिल सेन्चुरी र शेरबहादुर गुरुङ चयन भए । लेखा संयोजकमा जगतमोहन गिरी, सदस्यमा धना पोखरेल र शुक्रराज लामिछाने चयन भए ।
संस्थाका सल्लाहकार युवराज पराजुली नेतृत्वको निर्वाचन समितले निर्वाचन कार्यक्रम गराएको हो । पराजुलीले नवनिर्वाचित पदाधिकारीलाई शनिबारै सपथ खुवाएका छन् ।
सहकारीका अध्यक्ष विष्णुप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका लेखा संयोजक एवं केन्द्रीय उपभोक्ता सहकारी संघका सञ्चालक युवराज पराजुलीले शुभकामना व्यक्त गरे । सहकारीलाई रकम वचत र लगानीमा मात्र सिमित नराखी उत्पादनमुखी कार्यक्रममा लगानी गर्न आग्रह गरे ।
सर्वहित साकोसका अध्यक्ष सूर्यप्रसाद तिम्सिना, अडिटर्स एसोसिएसनका जिल्ला अध्यक्ष २. रुद्रनाथ पौडेल, सहकारीका सल्लाहकार टंकबहादुर कार्की क्षेत्री, नमुना डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष, तीर्थराज ढकालले शुभकामना व्यक्त गरेको सचिव कीर्तिराज ढकालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
क्यान्सरबारे पोखरा रोयल सहकारीको सचेतना
पुरानोधारा सहकारीमा कृष्णप्रसाद काेइराला
नव सिद्धार्थ सहकारीको सम्मान
सक्षम सहकारीको पदस्थापन
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७