पोखरा । आदर्श बचत तथा ऋण सहकारी संस्था, पोखरा १३, आर्वाको १३ औं वार्षिक साधारण सभाले आर्वा कसेरीमा सञ्चालित विजय सहकारीसँग एकीकृत कारोवार सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सो अवसरमा संस्था संस्थापक अध्यक्ष कृष्णप्रसाद बराल तथा सहकारीका शेयर सदस्यका छोराछोरीमध्ये एसइई–०७६ मा उत्कृष्ट अंक प्राप्त गर्ने २ विद्यार्थी तथा सहकारीका असल ऋणीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
सहकारीकी ज्येष्ठ सदस्य विष्णुमाया सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बराल, विजय सहकारीका अध्यक्ष इन्द्रप्रसाद बराल, पत्रकार श्रीराम सिग्देल, समाजसेवी नरबहादुर बराल, विष्णुप्रसाद बराल, सुमित्रा बराल, सहकारी उपाध्यक्ष लक्ष्मी देवकोटा, सचिव सूर्यप्रसाद बराल, कोषाध्यक्ष वसन्तराज बराल,
सहकारीका व्यवस्थापक कृष्णराज बराललगायतले सहकारीका विविध पक्षबारे बोलेका थिए ।
कार्यक्रम सहकारी अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कोप्स कास्कीमा धर्मराज
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
क्यान्सरबारे पोखरा रोयल सहकारीको सचेतना
पुरानोधारा सहकारीमा कृष्णप्रसाद काेइराला
नव सिद्धार्थ सहकारीको सम्मान
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७