मुक्तिनाथ बैंकले मनायो १५ औं वार्षिकोत्सव

आदर्श समाज संवाददाता
पौष १९, २०७७
muktinath

पोखरा । मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ पुस १९ गतेमा कास्की, स्याङ्जा र तनहुँ जिल्ला बनाएर स्याङ्जाको पुतलीबजारमा बैंक स्थापना भएको हो । १ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीसहित बैंकले कारोबार थालेको हो ।

बैंक स्थापनाको दिन पारेर बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम भएका छन् । उक्त अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । डस्टिबिन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं। १, महानगरीय प्रहरी वृत्त ९सामुदायिक शाखा० कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

बैंकले कोरोना महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेसन ९एनएफसी० मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी ९नछोई० सरल तरिकाल पिओएस टर्मिनलमा ग्राहकले खरिद गरेका सामग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् ।

यसै गरी भिसा कार्ड अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width