देवघाटका विपन्न पविारलाई प्रहरी श्रीमती संघ पोखराको सहयोग

आदर्श समाज संवाददाता
पौष १९, २०७७
police rahat

पोखरा । गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारमा न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।

कोरोनाका कारण रोजगारी गुमाएका र जिविकोपार्जनमा समस्या भएका विपन्न परिवारलाई संघले शनिबार सहयोग गरेको हो । संघका अध्यक्ष सरस्वती अर्यालले स्थानीय ज्येष्ठ नागरिक खड्कबहादुर भुजेललाई कम्मल, चामल, दाल र चिउरा हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिन् ।

बसेनिटार गाउँमा संघले १ सय घर परिवारलाई सहयोग गरेको हो । देवघाट गाउँपालिकाको तथ्यांक अनुसार बसेनीटारमा ९५ प्रतिशत जनजाति र आर्थिक स्थिति कमजोर भएका नागरिकहरुको बसोबास छ ।

राहत वितरण पछि संघ अध्यक्ष अर्यालले संघद्वारा नागरिकका सबै समस्या समाधान गर्न नसकिए पनि यसबाट केही हदसम्म स्थानीयको जनजीवनमा सहजता प्रदान गर्न प्रयास गरेको बताइन् ।

शान्त र समुन्नत समाजको अभिलाषा राख्ने सबै सरोकारवाला संघ सस्थाहरुलाई उक्त गाउँमा सहयोगका कार्यक्रम ल्याई उनीहरुको जनजीवनमा केही मात्रमा भए पनि सहजता प्रदान गर्न उनले अनुरोध गरिन् ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले नेपाल प्रहरी श्रीमती संघ पोखराको परोपकारी कार्यप्रति आभार प्रकट गरे । बढ्दो चिसोका कारण बालबालिका तथा बृद्धबृद्धा राहत वितरणबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा समेत सम्भव भए यस्तै सहयोगको अपेक्षा समेत गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय जनप्रतिनिधि, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्र देवघाट तनहुँका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width