सशस्त्र प्रहरी जवानको लिखित परिक्षा अर्काको नाममा दिँदैगरेका १० जना पक्राउ

आदर्श समाज संवाददाता
पौष १९, २०७७
APF-Police-Nepal

काठमाडौं  ।  सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थी  पक्राउ परेका छन् ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी
परीक्षार्थीहरुको यकीन गर्ने क्रममा नेपाल भरका विभिन्न परीक्षा केन्द्रहरुबाट शनिबार १० जना नक्कली परिक्षार्थीहरु फेला पारिएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले शनिबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width