पोखरा। लोपोन्मुख दोहोरी ठाडोभाका गीतको छायांकन गरी संरक्षण प्रयास थालिएको छ । नेपाल नाट्य तथा संगति प्रज्ञा प्रतिष्ठानको आयोजना तथा ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको सहआयोजनामा पोखरा–१५, रामबजारस्थित लमजुङ समाजघरमा शनिबार छायांकन गरिएको हो ।
ठाडोभाका गाउने कलाकारसहित संस्कृतिकर्मीको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा कलाकार बुद्धिमान दुरा (घम्पु) र सीता दुराले दोहोरी प्रस्तुत गरेका थिए । प्राज्ञ हरिदेवी कोइरालाले संगीत प्रज्ञा प्रतिष्ठानले नेपालको सबै जातजातिको लोकसस्ंकृति संरक्षण गर्ने उद्देश्यले छायांकन गरेको बताइन् ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले ठाडोभाका संरक्षणमा सरकारले ध्यान नदिएपछि पत्रकारकै अग्रसरता प्रतिष्ठान गठन गरी संरक्षण अभियान अघि बढ्नु सञ्चारजगतको लागि गौरव भएको बताए । दूरा सेवा समाज कास्की अध्यक्ष लालसिंह दूराले सबै जनजातिको संस्कृति बचाउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लमजुङ–पोखरा सम्पर्क समिति अध्यक्ष चम्पा रानाभाट, समाजका संस्थापक अध्यक्ष क्या. वीरबहादुर गुरुङ, सु. बुद्धिबहादुर गुरुङ, नमस्ते पोखराका निर्देशक छवि सुवेदीले छायांकन गरी ठाडोभाका संरक्षकको महत्वपूर्ण कार्य समीक्षा प्रस्तुत गरेका थिए ।
अध्यक्ष आसनबाट ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ठाडोभाकाका प्रवर्तक देउबहादुर दूराको स्मृतिसहित सम्मान गर्नु, ठाडोभाका शिरोमणि भेंडिखर्के साहिँलाको ठाडोभाका संरक्षण गर्ने सपना साकार पार्नु र ठाडोभाको प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । प्रतिष्ठान उपाध्यक्ष युवराज घिमिरेको स्वागत मन्तव्य रहेको सो कार्यक्रम सञ्चालन पत्रकार कृष्णबहादुर आलेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७