म कुनै प्यानलमा छैन : गाेकर्ण कार्की

आदर्श समाज संवाददाता
पौष १९, २०७७
gokarna karki

पाेखरा । पाेखरा उद्याेग वाणिज्य संघकाे चुनावका लागि उद्याेगतर्फकाे उपाध्यक्षका उम्मेदवार गाेकर्ण कार्कीले आफू कुनै पनि प्यानलनमा आबद्ध नभई स्वतन्त्र रुपमा  उठेकाे बताएका छन् ।

अध्यक्ष पदमा नारायण काेइराला र बिन्दु काेइराला सुवेदीका २ प्यानलले उम्मेदवारी दिएका छन् । कार्कीकाे नाम विन्दुकाे प्यानलसँग जाेडिएर आएपछि उनले त्यसकाे खण्डन गरेका छन् ।

कार्कीले भने, म पाेखरा उद्याेगी साथीहरुकाे सुझाव र साथ लिएर चुनावमा आएकाे हाे, कसैकाे प्यानलमा छैन ।

अघिल्लाे कार्यकालमा उनी उद्याेगतर्फकै उपाध्यक्षमा निर्वािचत भएका थिए । वर्तमान कार्यसमितिमा भने उनी छैनन् ।

सहमतिका लागि मैले त्यतिबेला साथीहरुलाई अवसर प्रदान गरेकाे हाे, अहिले फेरि चुनावी माहोल सुरु भएका बेला समग्र पाेखरेली उद्याेगकाे प्रतिनिधित्व हुनेगरी मैले उम्मेदवारी दिएकाे हाे, उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width