लमजुङमा विद्युत् उत्पादन घट्यो

rss रासस
पौष १९, २०७७
Sino Hydro Ma Student@Lamjung 4

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ ।

जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ ।

आयोजनाका लागि चाहिने पर्याप्त पानी मर्स्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दै जाने क्रममा हाल ३४ मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोजनामा पूरै क्षमतामा विद्युत् उत्पादन हुँदै आए पनि केही समयदेखि उत्पादन घट्दै गएको र अझै विद्युत् उत्पादन घटेर २७÷२८ मेगावाटसम्म पुग्नेछ ।” मध्यमर्स्याङ्दी ३५/३५ मेगावाट क्षमताको दुई टर्बाइन गरी ७० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका केन्द्र प्रमुख शाहका अनुसार पानी कम भएकाले मंसिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ ।

यस आयोजनामा विगतको वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।

सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो । रु २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो । त्यस्तै जिल्लाकै दोस्रो ठूलो आयोजना मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ ।

केही दिनदेखि उत्पादन १२ मेगावाट विद्युत् घटेको र अझै घट्ने क्रममा रहेको बताइएको छ । बर्सेनि विद्युत् उत्पादन झनै घट्ने गरेको र माघ महिनासम्म पुग्दा २८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।

यस आयोजनामा २५ मेगावाटसम्म विद्युत घट्ने गरेको छ । सन् २०१३ जनवरीदेखि आयोजनाको निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करिब रु १६ अर्बमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ ।

यी ठूला आयोजनामा मात्र नभई जिल्लाका पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनामा समेत बिजुली उत्पादन कम हुन थालेको छ । मध्यमस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाले बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई नै उज्यालो बनाउनका लागि टेवा पुर्याइरहेको छ ।

ती आयोजनामा विद्युत् उत्पादन कम हुँदा आर्थिकरूपमा पनि मुलुकमै प्रभाव पारेकोे देखिन्छ । जिल्लामा एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने प्रक्रियामा छन् । निर्माणाधीन रहेका आयोजनामध्ये केही आयोजनाले केही महिनाभित्रै विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

    • युनाइटेड इदी मर्दीको सभा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २०, २०७७
      पोखरा । युनाइटेड इदी मर्दी एन्ड आरवि हाइड्रोपावर लिमिटेड माथिल्लो मर्दी खोला जलविद्युत आयोजनाको ११ औं वार्षिक साधारण सभा शुक्रबार…
    • तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौता

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ९, २०७७
      दमौली । तनहुँको रिसिङ १, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजका संरचना निर्माणका लागि खरिद सम्झौता भएको…
    • चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

      rss रासस फागुन २३, २०७७
      चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ। बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत्…
    • ‘अब बाह्रै महिना विद्युत् निर्यात’

      rss रासस माघ २२, २०७७
      पर्वत। प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको खुर्कोट–दाना सबस्टेसनको बिहीबार उद्घाटन गरेका…
    • सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु

      rss रासस माघ २०, २०७७
      कास्की ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads