शिक्षासेवी बरालको निधन

आदर्श समाज संवाददाता
पौष १८, २०७७
kritiraj

पोखरा । लामो समय शिक्षा क्षेत्रमा बिताएका पोखरा १३, आर्वा निवासी कीर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ । पिसाबमा खराबी देखिएपछि फिस्टेल हस्पिटलमा उपचारका क्रममा शुक्रबार उनको निधन भएको हो ।

गण्डकी बोर्डिङ स्कुल, रतन पाण्डे मावि र भवानी कालिका माविमा गरी ४ दशक पढाएका उनी राजनीतिक र सामाजिक क्षेत्रमा समेत क्रियाशील थिए । उनी साविक आर्बा विजय गाविसका पूर्व सभापति हुन् । महाप्रभु धाम र बराल वंश प्रतिष्ठानमा समेत उनी आबद्ध थिए ।

उनका एक श्रीमती, ३ छोरा र १ छोरी छन् । जेठा छोरा शंकर बराल हाल बर्दियाको जिल्ला न्यायाधीश, माइला छोरा भवसागर बराल कांग्रेस नेता र अर्का छोरा बुद्विराज बराल प्राइम बैंक प्रदेश नम्बर २ इनचार्ज हुन् ।

यसैबीच, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा १३ वडा कार्यसमितिका सभापति विष्णु बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width