पोउवा संघमा मनोनयनपत्र वितरण,  वरिष्ठ उपाध्यक्षमा पवन पक्का

आदर्श समाज संवाददाता
पौष १७, २०७७
paban prajapati

पोखरा । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पवनकुमार प्रजापति निर्विरोध हुने भएका छन् ।

संघको आगामी साता हुने ३३ औं महाधिवेशनका लागि शुक्रबार मनोनयनपत्र वितरणमा वरिष्ठ उपाध्यक्ष पदको एकमात्र मनोनयन पत्र गएको छ ।

निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार विभिन्न पदका लागि ४० जनाले मनोनयनपत्र बुझेकोमा वरिष्ठ उपाध्यक्षसहित कर्पोरेटतर्फ २ कार्यकारिणी सदस्य र औद्योगिकतर्फ १ कार्यकारिणी सदस्यको आवश्यक संख्याभन्दा बढी मनोनयन गएको छैन ।

चुनावका लागि अध्यक्षमा २ जना, उपाध्यक्ष (वाणिज्य) मा २, उपाध्यक्ष (उद्योग) मा २, महासचिवमा २, कोषाध्यक्षमा २ र उपमहासचिवमा २ जनाले मनोनयनपत्र बुझेका छन् ।

यस्तै, खुलातर्फ १० जना कार्यकारिणी सदस्यका लागि १६ जना, वस्तुगतमा ४ मध्ये ८ जना, कर्पोरेटमा २ मध्ये २ र औद्योगिक १ मध्ये १ जनाले मात्र मनोनयनपत्र बुझेका हुन् ।

आगामी पुस २४ र २५ मा हुने महाधिवेशनअन्तर्गत शुक्रबार मनोनयनपत्र बुझ्ने समय गुज्रिसकेकोले शनिबार मनोनयन दर्तामात्र हुनेछ । थप मनोनयनपत्र बुझ्न पाइँदैन । संघको २९

सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (उद्योग), महासचिव, कोषाध्यक्ष, उपमहासचिव सहित खुलातर्फ १० कार्यकारिणी सदस्य, ४ वस्तुगत, २ कर्पोरेट र १ औद्योगिक सदस्य निर्वाचित हुनेछन् । यस्तै निवर्तमान अध्यक्षका अलावा ४ जना मनोनीत हुने व्यवस्था छ ।

चुनावका लागि नारायण कोइराला र विन्दु कोइराला सुवेदीले प्यानल घोषणा गरेर चुनावमा होमिएका छन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र र भोलिपल्ट पोखरा प्रदर्शनी केन्द्रमा मतदान हुनेछ । मतगणना पुस २६ मा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width