‘प्रचण्डले बाटो बिराए’

श्रीभद्र पौडेल
पौष १७, २०७७
ne ka pa progrem photo

हेमजा । नेकपा नेता एवं ऊर्जा तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र भविष्यलाई मध्यनजर गरी प्रतिनिधि सभा विगठन गरेको बताएका छन् ।

शुक्रबार पोखरामा भएको जिल्लास्तरीय नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रचण्ड÷ नेपाल पक्षको पद प्रतिष्ठा पाउने मनसायका कारण वर्तमान अवस्था आएको दाबी गरे । त्यस्तो मनसाय कुनै पनि हालतका पूरा नहुने उनको भनाइ थियो ।

उनले प्रचण्ड र माधव नेपालमा अझैसम्म जनयुद्घ र जनआन्दोलनको धङ्धङी रहेको भन्दै जसरी पनि सरकार कब्जा गर्ने रणनीतिका साथ लागि परे पनि अन्तत असफल रहेको उनले बताए । उनले भने, ‘एकहदसम्म यस घटनाले नेपाली कम्युनिस्ट आदोलनमा क्षति त पु¥याएको छ नै, तर आत्तिइ हाल्ने परिस्थति भने छैन उनले भने । ३३ वर्षसम्म पार्टीको अध्यक्ष नछाड्ने प्रचण्डलाई महाधिवेशन मार्फत अध्यक्ष बन्न सक्छु भन्ने विश्वास समेत नरहेको उनले ठोकुवा गरे । प्रचण्ड नेपाल पक्षले बाटो बिराएको तर्क गर्दै मन्त्री रायमाझीले ओली पक्ष नै संस्थापन भएको दाबी समेत गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् पुनस्र्थापनाको कुनै सम्भावना नरहेको बताए । ‘अब निर्वाचनमा जानु निर्विकल्प छ । छापामार शैलीमा सरकारविरुद्घ अविश्वासको प्रस्ताव ल्याउन खोज्दा यो अवस्था आएको हो,’ उनले भने । मुख्यमन्त्री गुरुङले जनताको बीचमा जान खोज्नु कसरी असंवैधानिक भयो भन्दै प्रश्न समेत गरे ।
प्रधानमन्त्री ओलीले चालेको कदमले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले केपी ओली व्यक्ति नभइ विचार भएको धारणा समेत राखे । उनले प्रचण्ड नेपाल समूहलाई श्री ३ महाराज र पूर्व प्रधानमन्त्री क्लबको संज्ञा समेत दिए ।

पार्टीका केन्द्रीय सदस्य खगराज अधिकारीले समृद्घिको संवाहक ओली सरकार भएको दाबी गरे । अहिलेको सरकारले पूर्वाधारतर्फ महत्वपूर्ण काम गरेको जनाउँदै अधिकारीले ढिलो चाँडो हाल विभाजित नेकपाका दुवै शक्ति एक हुने विश्वाससमेत व्यक्त गे । उनले चुनाव केन्द्रित बन्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

कार्यक्रममा निवर्तमान युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य विद्या भट्टराई अधिकारी, जिल्ला अध्यक्ष कृष्ण थापा, नेता मनबहादुर गुरुङ, दामोदर वैरागी लगायतले पनि धारणा राखेका थिए । कार्यक्रमका बीच जनसांस्कृतिक महासंघका कलाकारले विभिन्न प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width