पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा अध्यक्ष मोहनबाबु खड्कासहित कार्यसमिति निर्विरोध चयन

आदर्श समाज संवाददाता
पौष १७, २०७७
mohan babu

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) मा अध्यक्ष मोहनबाबु खड्कासहित पूरै कार्यसमिति निर्विरोध चयन भएको छ ।

एसोसिएसनको ८ औं अधिवेशन शनिबारका लागि तय गरिए पनि शुक्रबार नै सर्वसम्मत नेतृत्व चयन गरिएको हो । शनिबारको अधिवेशनले यो सूची अनुमोदन गर्ने छ ।

वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, सचिवमा निरन केसी र कोषाध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा विनय थापा, टीका कुमारी गुरुङ, अशोककुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र मनोज थापा चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width