पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन : नारायण काेइराला प्यानलले थाल्याे घरदैलाे

आदर्श समाज संवाददाता
पौष १७, २०७७
narayan koirala panel (3)

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत चुनावी सरगर्मी बढेको छ । आगामी पुस २४ र २५ मा हुने महाधिवेशनमा उम्मेदवारले घरदैलो थालेका छन् ।
ह्वात्तै बढेको छ । हालका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वमा चुनावमा होमिएका पदाधिकारी र सदस्यका उम्मेदवारहरुले उद्योगी व्यवसायीको हक हितको रक्षा गर्दै संस्थाको पूरानो सम्मान फर्काउने प्रतिबद्धता जनाएका छन् ।

‘निर्वाचित जनप्रतिनिधि थिएनन् । पोखरा उद्योग बाणिज्य संघले पोखराको विकास र परिवर्तनमा सँधै सघायो । सबै विकासको नेतृत्व यही संस्थाले ग¥यो,’ अध्यक्षका उम्मेदवार कोइरालाले भने, ‘पछिल्ला समय संस्थासँग समुदायको दुरी बढ्दै गएको छ । अव पूरानै अवस्थामा फर्काउन र संस्थाको गरिमालाई अझै उचो बनाउन हाम्रो टीमले काम गर्नेछ ।’ ‘व्यवसायिक हकहितको सुनिश्चितताः सक्षम नेतृत्व आजको आवश्यक्ता’ भन्ने नाराका साथ चुनावी घरदैलो धमाधम भैरहेको छ ।

कोइरालाको नेतृत्वमा निर्वाचनमा होमिएको समूहले विशेषगरी कोरोना भाइरसले निम्त्याएको विषमतालाई चिर्दै व्यवसायीहरुको हक र हितको रक्षा गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएको छ । संघले सुरु गरेको शिक्षा, स्वास्थ्य, पर्यटकीय शहर निर्माण र विकासका लागि थप टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने, फुटपाथमा हुने अनाधिकृत व्यापार र पार्किङले निम्त्याएको समस्या सल्ट्याउन पहल गर्ने बताएको छ ।

युवाहरुलाई व्यवसायमा आकर्षित गर्ने उम्मेदवारहरुको प्रतिबद्धता छ । ‘सानो लगानी गर्नेहरुको पनि अभिभावक हो पोखरा उद्योग बाणिज्य संघ । ठूला लगानी गर्नेहरुदेखि सबै यहाँ समेटिन्छन्,’ कोइरालाले भने, ‘उद्योगी व्यवसायीलाई राज्य र प्रशासनिक निकायबाट हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउन निरन्तर क्रियाशिल रहनेछौं ।’

विहिबार विहान लामाचौरबाट घरदैलो सुरु भएको छ । सोही क्रममा नवआदर्श सामुदायिक विकास संस्थाले विशेष कार्यक्रम सहित उम्मेदवारहरुलाई स्वागत गरेको छ । त्यसपछि घरदैलोमा निस्किएको टोलीले लामाचौर, वगर, नयाँबजार, महेन्द्रपुल, साँघुको मुख, पन्थी गल्लीदेखि सिद्धार्थ चोक क्षेत्रका उद्योगी र व्यवसायीहरुलाई भेटेर आफ्ना भावी योजना सुनाउदै भोट मागेको छ ।

घरदैलोका क्रममा व्यवसायीहरुले चुनावको बेलामा मात्रै आउने र पछि फर्केर नहेर्ने समस्या भोग्दै आएकोले यसपालि व्यवसायीका मर्का बुझ्ने उम्मेदवारको खोजी गरिरहेको बताएका छन् । ‘सँधै चुनावमा मात्रै देखिन्छन् । त्यसपछि फर्केर आउँदैनन्,’ उनीहरुले भने, ‘तपाईंहरुले काम पनि गर्नुहोला भन्ने विश्वास छ । भोट तपाईंहरुलाई नै दिन्छौं ।’ अहिलेको कार्यसमितिले कोरोना भाईरसकै बीच पनि उद्योगी व्यवसायीका पक्षमा काम गरेको भन्दै उनीहरुले धन्यवाद दिए ।

महासचिवका उम्मेदवार सुरेन्द्रमान विजुक्छेले व्यवसायीका पीडा सुन्नकै लागि कोइरालाको प्यानल तयार भएको बताए । ‘संस्थामा काम गरेर खारिएका अनुहार उम्मेदवार बनेका छन् । हामीलाई व्यवसायीहरुको पीडा थाहा छ । नजिकबाट देखेका छौं,’ उनले भने, ‘अब ति समस्या कहिलै नदोहोरिने गरी समाधानको प्रयास गर्छौं । राज्य र विभिन्न तहबाट व्यवसायीमाथी हुने विभेदको अन्त्य गर्न कम्मर कसेर लाग्छौं ।’

वाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार अर्जुन पोखरेल उद्योग वाणिज्य संघका सदस्यहरुलाई घरमै आवश्यक सेवा र सुविधा पु¥याउने प्रणालीको विकास गर्ने बताउँछन् । व्यवसायीका सानादेखि पोखरा शहरका ठूला समस्या समेत हल गर्नुपर्ने छ । ‘पोके व्यापारीका कारण लाखौं भाडा तिरेर सटरमा गरेको व्यापार सुकेको छ । फुटपाथमा हुने व्यापारले एकातिर सहर कुरुप भैरहेको छ, अर्कोतिर नियमअनुसार चलेका व्यापारी व्यवसायी डुव्ने अवस्था छ,’ उनले भने, ‘यसको समाधान राज्यले गर्नैपर्छ । त्यो पहल गर्न अव ढिलो भैसक्यो । हाम्रो नयाँ कार्यसमितिले यो टुंग्याउँछ ।’

कोइराला प्यानलको बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमारीमुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width