४ दिनकाे फरकमा पति पत्नीकाे निधन

आदर्श समाज संवाददाता
पौष १७, २०७७
late surya ratna

पोखरा । पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागका पूर्व विभागीय प्रमुख सहप्राध्यापक सूर्यरत्न शाक्यको निधन भएको छ ।

विसं १९९३ माघ २३ मा जन्मिएका शाक्यको ८५ वर्षको उमेरमा उपचारक्रममा गण्डकी मेडिकल कलेजमा बिहीबार दिउँसो निधन भएको हो ।

उनकी धर्मपत्नी अष्टकुमारी शाक्यको ८१ वर्षको उमेरमा ४  दिनअघि सोमबारमात्र निधन भएको थियो ।

पोखरा ३, तेर्सापट्टि निवासी स्व. सिद्धिरत्न शाक्यका ७ छोरामध्ये सूर्यरत्न साहिँला हुन् । उनका दाजु भेषरत्न र भाइहरु ललितरत्न, शम्भुरत्न र विश्वरत्न शाक्य रहेका छन् । शान्तरत्न र डिल्लीरत्नको स्वर्गारोहण भैसकेको छ ।

सूर्यरत्न शाक्य प्रतिष्ठानका संस्थापक संरक्षक उनले तत्कालीन पोखरा नगरपालिका, पोखरा व्यापार संघलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका थिए । एक दर्जन हाराहारीमा पर्यटन, राजनीतिशास्त्र र कविताका अंग्रेजीभाषी लेखक उनको ‘द ल्गीम्स अफ पोखरा’ पोखरेली पर्यटनको उपयोगी पुस्तक मानिन्छ ।

२०१८ सालमा उनी पोखरा ३ को वडाध्यक्ष निर्वाचित भएका थिए । त्यसबेला उनले भैरवटोलदेखि बालमन्दिरसम्मको बाटो खुलाउनुका साथै नदीपुरदेखि बुद्धविहार, साँघुमुखचोकसम्मको बाटो चक्ल्याउने कार्य गरेका थिए । तत्कालीन काहुँ धरहरा निर्माण समितिमा सदस्य रहेका उनको नयाँबजार–रानीपौवा जोड्ने पुल निर्माणमा पनि योगदान छ ।
स्व. शाक्यको पोखरा ३, ज्ञानमार्गस्थित निवासबाट शुक्रबार बिहान ९ बजे शवयात्रा हुने परिवारजनले जनाएको छ । स्व शाक्यका छोराबुहारी र २ नातिनी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width