दाहाल/ नेपाल समर्थक पत्रकारकाे कास्की भेला

आदर्श समाज संवाददाता
पौष १७, २०७७
press

हेमजा । नेपाल बार एशोसिएसन केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले सञ्चारकर्मी समाजको सचेत वर्ग रहेकाले संविधानमा भएका प्रावधान अध्ययन गरी वास्तविक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस संगठन नेपाल कास्कीको बिहीबार भएको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन गैरसंवैधानिक रहेको उनको टिप्पणी थियो ।

नेपालको संविधानमा संसद् विघटनको परिकल्पना नगरिएको बताउँदै अधिवक्ता थापामगरले संसदबाट प्रधानमन्त्री निर्वाचित हुन नसकेको अवस्थामा मात्र विघटन हुन सक्ने स्पष्ट पारे ।

रिष्ठ पत्रकार कोमलनाथ बरालले पत्रकारले निर्धक्कसाथ सत्यतथ्य समाचार पस्किनुपर्ने बताए ।

भेलामा वरिष्ठ अधिवक्ता तिलक आचार्य, पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, सल्लाहकार नवराज सुवेदी, पत्रकार राजु भण्डारी, प्रेस संगठनका सहसंयोजक सन्देश श्रेष्ठलगायतले विभिन्न खालका भ्रम र अफवाह फैलिरहेको अवस्थामा सही र तथ्यमूलक समाचार सम्प्रेषण गर्ने दायित्व पत्रकारको रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width