नाट्टा गण्डकी प्रदेशको रक्तदान, ६० युनिट रगत संकलन

आदर्श समाज संवाददाता
पौष १७, २०७७
natta

पोखरा । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स, गण्डकी प्रदेशले बुधबार लेकसाइडमा रक्तदान भएको छ । सडक महोत्सवको २२औं संस्करण तथा अंग्र्रेजी नयाँ वर्ष २०२१ को आगमनको सन्दर्भमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक गणेश पोखरेलले बताए । रक्तसञ्चार केन्द्र, पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी तथा उनको टिमले सहयोग गरेको थियो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले पहिलो रक्तदाता ओमप्रकाश सिग्देललाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिन् । नाट्टाका सदस्य, अन्य पर्यटन व्यवसायिक संस्थाका सदस्य, सशस्त्र प्रहरी बलका जवान लगायतबाट ६० युनिट रगत संकलन भएको छ ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्जयकान्त सिग्देलको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले गरेकी थिइन् । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले रक्तदान कार्यक्रमका लागि आयोजक तथा रक्तदातलाई धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width