गण्डकीका २ मन्त्री भन्छन् : सरकार छाड्दैनाैं, आन्दाेलन पनि गर्छाैं

प्रकाश ढकाल
पौष १७, २०७७
gandaki cabinet

फाइल फाेटाे ।

पोखरा । गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा नेकपा गोरखाका जिल्ला अध्यक्ष हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि उनी सडक आन्दोलनमा छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत भएकोले उनलाई नेकपाको एकीकृत पार्टीमा अध्यक्षको जिम्मेवारी दिइएको हो । मंसिर १२ गते प्रचण्ड माधव समूहले घोषणा गरेको जिल्लास्तरीय भेलामा थापाले वर्तमान सरकारले गरेको संसद विघटनको विरोध मात्रै गरेनन्, नाराबाजीको नेतृत्व समेत गरे ।

मन्त्री लेखबहादुर थापा

उनले पार्टी एकताको मागसहित प्रधानमन्त्रीको कदमविरुद्ध चर्का नारा घन्काए । सोमबार भएको जिल्लास्तरीय आन्दोलनको नेतृत्व पनि उनैले गरे । वैधानिक रुपमा एउटै देखिए पनि व्यावहारिक रुपमा उनी सहितको एक समूहको नेकपा संसदबाट फुटिसकेको छ । गण्डकीमा नेकपाका हाल दुई संसदीय दल बनेका छन् । छुट्टाछुट्टै बैठक र छुट्टाछुट्टै निर्णय पनि भएको छ । तर सरकारमा भने दुवै नेकपा एक ठाउँ छ । थापाको समूहले सरकारलाई समर्थन गर्ने बताइरहँदा अर्को समूहबाट बनेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि मन्त्रीहरुलाई बर्खास्त नगर्ने मोडमा छन् ।
‘जनताको तर्फबाट म मन्त्रीको भूमिकामा छु । पार्टीको हिसावले म जिल्ला अध्यक्ष हो । परिस्थिति अनुसार भूमिका पूरा गरेको छु,’ मन्त्री थापाले भने, ‘विचार, राजनीति र संगठनका रुपमा गाह्रो त भैहाल्छ । तर सहज रुपमै लिनुपर्ने छ ।’

उनले प्रतिनिधिसभा विघटन अघि र पछि पनि गण्डकी प्रदेश सरकारको व्यवहारमा कुनै फरकपन नभएको बताए । ‘पार्टी पहिले छुट्टै थियो, विचार मिलेको थियो । अहिले पार्टी एकै छ, विचार र दृष्टीकोण फरक प¥यो,’ उनी भन्छन्, ‘हामी केन्द्र सरकारको गतिविधिको विपक्षमा छौं, गण्डकी सरकारको होइन । अहिलेसम्मको स्थितिमा ओली समूहका भनिएका साथीहरुको व्यवहारमा कुनै परिवर्तन देखेको छैन । मिलेरै चलेका छौं ।’

गण्डकी प्रदेशमा तत्कालीन नेकपा एमाले र माओवादीको बाम गठबन्धनबाट दुई तिहाई बहुमत सांसदहरु निर्वाचित र मनोनित भए । पार्टी एकीकरण नभए पनि चुनावी तालमेल सरकार गठनमा समेत देखियो । पूर्व माओवादी केन्द्रका २ मन्त्रीलाई समेटेर ७ सदस्यीय मन्त्रीपरिषद् गठन भएको हो । पूर्व एमालेका मुख्यमन्त्रीसहित ५ मन्त्री छन् । पार्टी एकीकरणपछि संयुक्त सरकार एउटै पार्टीको बनेको हो ।

हामी केन्द्र सरकारको गतिविधिको विपक्षमा छौं, गण्डकी सरकारको होइन । अहिलेसम्मको स्थितिमा ओली समूहका भनिएका साथीहरुको व्यवहारमा कुनै परिवर्तन देखेको छैन । मिलेरै चलेका छौं ।

मन्त्री हरिबहादुर चुमान

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान चित्त नबुझेको विषयमा फरक मत राखेरै अघि बढ्ने बताउँछन् । ‘तीनवटा सरकार अलग अलग हो । पार्टी मातहत होला, तर सरकार फरक छ । संघ सरकारले गरेको गलतको विरोध प्रदेश सरकारले गर्न पाउँछ,’ उनले भने, ‘प्रधानमन्त्रीको निर्णयले सबैलाई कालो टिका लाग्यो, त्यो त पखाल्नै प¥यो भनेर सडकमा गएका हौं ।’

उनले सरकार सञ्चालनमा भने कुनै विमती नरहेको बताए । मुख्यमन्त्रीसँग विवादित विषयमा दुवै पक्षले नबोल्ने सहमति भएको चुमानले सुनाए । ‘तपाईंले बोलेपछि मैले पनि बोल्नुपर्छ । तपाईंले समर्थनमा बोल्नुपर्छ, मैले विरोध गर्नुपर्छ भनेर मुख्यमन्त्री ज्यूलाई भनिसकेको छु । आन्तरिक रुपमा विवादका कुरा नबोलौं भनेर सहमति भएको छ,’ उनले भने, ‘फरक ञ्न्चबाट त वहाँले प्रधानमन्त्रीको समर्थन गर्न पाउनुभयो । मैले विरोध गर्न पाएँ नि !’ सरकार सञ्चालनमा बाधा भए आफूहरु राजीनामा दिन तयार रहेको उनको भनाइ छ । ‘हामी त सडकमा नि जानैप¥यो । त्यहाँ गएर अरु भन्दैनौं, अलोकतान्त्रिक कदमको विरोध गर्छौं,’ उनले थपे, ‘त्यसो भन्दा मुख्यमन्त्री ज्यूलाई अप्ठेरो पर्छ भने राजीनामा माग्नुस् भनेको छु । राजीनामा मागे म राजीनामा दिन तयार छु । तर उहाँले राजीनामा माग्दिन भन्नुभएको छ ।’ आफू अझै पनि एकताकै पक्षमा रहेकोले संयमित भएर समस्या समाधानमा लाग्नुपर्ने उनी बताउँछन् ।

विभाजनपछि प्रदेशमा गठन भएको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले संसदमा छुट्टै दलको हिसाबले उपस्थित हुने निर्णय गरेको छ । आइतबार दुवै समूहको संसदीय दलको बैठक बस्यो । दुवै समूहको बैठकमा फरक–फरक उपस्थिति थियो । पूर्व एमालेहरु एकै ठाउँमा रहे पनि पूर्व माओवादीको क्याम्पमा पूर्व एमालेका असन्तुष्ट माधव कुमार नेपाल निकट एक सांसद मिसिए ।

अहिले गण्डकीमा ओली समूहका २७ सांसद एककठ्ठा भएका छन् भने प्रचण्ड–नेपाल समूहका १२ सांसद (सभामुख बाहेक) छन् । सभामुख नेत्रनाथ अधिकारी तत्कालीन माओवादी केन्द्रको टिकटबाट विजयी भएका हुन् । दुवै समूहको विवादलाई विपक्षी दलहरुले भने चुपचाप हेरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width