युवाको नजरमा नेपाल

भरत काेइराला
पौष १६, २०७७
Yuba ko najar ma Desh

पोखरा । दाइहरुसँग स्कुलको होमवर्क सिक्ने क्रममा प्रकृति भट्टराईले राजनीतिक शब्दावली समाजवाद, कम्युनिज्मजस्ता शब्दको अर्थ बुझेकी थिइन् । स्नातक तहमा सोसल वर्क पढ्न सेन्ट जेभियर पुगेपछि दाइहरुसँग हुने राजनीतिक गफ छुट्दै गयो । गफको न्यास्रो मेटाउन उनले आफ्नै कक्षाका साथीहरुसँग प्रयास गरिन् । तर संसारभरका गफ हुने उनका केटी साथीहरुको टेबलमा राजनीतिक गफ गर्ने माहोल बनेन ।

उनी साथीहरुको राजनीतिप्रति अरुचि देखेर अचम्म मान्थिन् । स्थानीय तहको चुनाव हुने समयमा उनी कुनै राजनीतिक पार्टीमा इन्टर्नसिप गर्दै थिइन् । भोट हाल्न प्रेरित गर्ने अभियान चलाउँदा काठमाडौंको क्षेत्र नं १ मा रोजगार महिलाहरु भेटिन् जोसँग भोटिङ कार्ड थिएन । उनीहरु श्रीमान् र ससुराले जसलाई भन्छन् उनीहरुलाई भोट हाल्न तयार थिए ।

त्यही घटनाले प्रकृति महिलाका लागि राजनीतिक साक्षरता बढाउने संस्था खोलिन्। उनले आफ्नो संस्थाको नाम नै राखिन्, महिलाका लागि राजनीतिक साक्षरता ।

नेपाली जनसंख्याको ५१ प्रतिशत भन्दा धेरै संख्या महिलाको छ तर प्रकृतिले भेटेका धेरै महिलाहरु महत्वपूर्ण क्षेत्र राजनीतिबारे जानकार थिएनन्, चासो राख्दैनथे।

इएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं सँस्करणमा सहजकर्ता अभियन्ता जगन्नाथ लामिछानेले ‘युवाको नजरमा नेपाल’ शीर्षकमा यी ३ वक्ताहरुको परिचय व्यक्त गरे । फरक नजरले समाज बुझेका, बाँच्नका लागि संघर्ष गरेका युवाहरुले आफ्नो भविष्य नेपालमा कस्तो देखेका छन् भन्नेमा छलफल अगाडि बढेको थियो ।

सौगात वाग्ले २०५६ साल फागुनमा जन्मिए । शिशु अवस्थामा उनकी दिदी भन्दा उनी फरक स्वाभावमा देखिए । उनमा केही समस्या भएको थाहा भएपछि सामाजिक लाल्छना उनको आमाले भोग्नुप¥यो । शिशुलाई सुस्तमनस्थिति भन्दा आमाले पत्याइनन् । वाग्लेलाई नेपाल आँखा अस्पतालले दृष्टिमा समस्या भएको प्रमाणित ग¥यो ।
उनी हुँर्कदै गर्दा उनकी आमाले धेरै दुख पाइन्, सौगातलाई विश्वज्योति बोर्डिङमा भर्ना भए तर दृष्टि क्षमता कमजोर भएको कारणले ४ वर्षसम्म नर्सरीमा बसे । उपचार अनि पढाइका क्रममा उनले घर छोडे।

फरक अवस्थामा हुर्किएका युवाका अनुभवमा आधारित कथा हो यो, जसले भोगाइका आधारमा देशमा भविष्य अनुमान गर्छ ।

शिक्षा अनि आर्थिक पहुँचमा उनीजस्ता दृष्टिविहीन अनि फरक शारीरिक क्षमता भएका व्यक्तिहरुको स्थिति के छ भनेर पत्ता लगाए । सबै अवस्था सामान्य हुँदा पनि आफूलाई असामान्य देखिनुले उनमा प्रश्न ल्याएको छ, हामीलाई किन समान व्यवहार गरिँदैन ?

डा। भावना तामाङले विद्यालय आफूसँग छुटेपछिमात्र तिनको महत्व बुझिन् । बाआमाको सम्बन्ध बिच्छेद भएपछि उनको पढाइ छुट्यो अनि उनलाई पढ्ने भोक जाग्यो । घरमा आर्थिक भार आमाको काँधमा आएको देखेपछि उनले ‘केयर टेकर’ भएर काम गरिन् त्यो बेला उनको लागि पैसा भन्दा ठूलो कुरा केही थिएन ।

तर पढाइको भोकले मन निमोठेपछि आमासँग गुहार्न पुगिन् । उनकी आमाले पहिलेको जस्तो महंगो विद्यालयमा पढाउने हैसियत राख्दिनथिइन्। आमालाई समता स्कूलको बारेमा थाहा थियो, त्यसैले १ सय रुपैयाँ मासिक तिरेर उनी विद्यालय पढ्न जान थालिन् । विद्यालयमा उनले किताबी ज्ञानमात्र होइन, व्यवहारिक शिक्षा पनि सिक्ने अवसर पाइन्।
विभिन्न अध्ययनले आर्थिक रुपमा विपन्न बच्चाहरु ६० प्रतिशत विद्यार्थी प्लस २ माथि पढ्दैनन् भन्ने देखाएको छ । अपांगता भएका ५ प्रतिशतमात्र विद्यार्थीहरु विद्यालय जान पाउँछन् । ड्रप आउट हुनेमा महिला विद्यार्थी धेरै हुन्छन्।

डा। भावना तामाङले आर्थिक विपन्नता भएको युवा कसरी पढाइबाट अलग्गिएका छन्, भन्ने बारेमा बुझाउन आफ्नो कथा सुनाइन् । उनीजस्तै कम आय भएको परिवारको स्कूल बनेको समता शिक्षा निकेतनमा कसरी पढ्नलाई प्रेरणा दिइन्छ भनेर बुझाइन्।

‘७० हजार विद्यार्थी समतामा पढ्छन् । आर्थिक रुपमा विपन्न बच्चालाई स्कूलामा ल्याउन समता मोडल ठीक छ रु’ भन्ने प्रश्नमा विद्यालय छोडेका विद्यार्थीलाई पढाईमा आकर्षण गर्न परिवारको भूमिका रहने बताइन् । उदाहारण उनकी आमा थिइन् ।

उनी र उनीजस्तै बच्चाहरुलाई विद्यालय फर्काउन एप्रोज गर्ने धेरै तरिका आवश्यक रहेको उनले बताइन् । उनको अनुभवमा अवसरले मात्रै विद्यालय पु¥याउँदैन । उनले भनिन्, ‘अहिलेको अवस्थामा यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ ।’

सौगात वाग्लेले फरक क्षमता भएको मानिसहरुलाई साहित्य र चलचित्रले पनि एकै डालोमा हालेर देखाएकोले दयाको पात्रमा सिमित गराएको बताएका छन् । उनले व्यवस्थापन अध्ययन गरेर बैंकमा खाता खोल्दासम्म भोगेका संघर्षले आफूजस्तैको लागि आर्थिक पहुँच हुनुपर्ने आवश्यकता औल्याएको छ ।

प्रकृति आफूजस्तै युवामा राजनीतिक वितृष्णा भए पनि उनीहरुमा राजनीतिको बारेमा जान्ने उत्सुकता भएको अनुभूत गरेकी छन् । पछिल्लो युवा राजनीति भन्दा बाहिर रहनुको ३ कारण देखाइन् ः

१। केही वर्ष यता हेर्दा, सामाजिक, राजनीतिक अधिकारकर्मी युवामैत्री गर्ने भनेर आए, अर्को जमातले युवालाई अनुग्रह गरेन, उनीहरुलाई गम्भीर रुपमा लिइदिएन ।

२। राजनीतिलाई यति पर राख्यौं कि कुनै क्षेत्रमा सफल व्यक्ति भयो त्यसलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बुझाइ छ ।

३। भातृ संगठनले नयाँ पुस्तालाई ल्याउन नसक्नु – विद्यार्थी राजनीति चाँहिदैन भन्ने अवधारणा आयो । वितृष्णा पनि छ विद्यार्थी नेता पार्टीको झोला बोकेर हिड्ने भए ।

युवाहरु राजनीतिमा आउँन, बुझ्न इच्छुक छन् तर ठाउँ, अवसर नपाएर हच्किएका छन् । इनअफइज इनअफ आन्दोलनपछि महिलाहरु राजनीति बुझ्न उत्सुक भएको उनको अनुभव छ । तर महिलाहरु अझै हिरो पात्रको रुपमा यो पुस्ताले नदेख्ने उनले बताइन् । ‘फिमेल प्रोटागनिस्ट पुस्तकमा पनि १० प्रतिशत छ, मानिसको कल्पनामा शून्य । मानिसको कल्पनामा स्थापना गर्न यो पुस्ताको समय लाग्छ।’ युवालाई राजनीतिमा आकर्षित गर्न र महिलालाई हिरो बनाउनका लागि ‘टप टु बटम अप्रोच’ भन्दा पनि ‘बटम टु टप अप्रोच’ लागु गर्नुपर्ने उनले बताइन् ।

फरक अवस्थामा हुर्किएका युवाका अनुभवमा आधारित कथा हो यो, जसले भोगाइका आधारमा देशमा भविष्य अनुमान गर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width