लेखनाथ । पोखरा ३०, गगनगौँडामा रहेको गणेश नेवाः खलः गगनगौँडाले योमरी पर्व बुधबार धुमधामसाथ मनाएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले अनेकतामा एकता नेपालको पहिचान भएको बताए ।
गणेश नेवाः खलःले पनि यो पर्वलाई धुमधामका साथ मनाउँदै आफ्नो संस्कृति जोगाउनमा लागेकोमा खुसी व्यक्त गरे ।
संस्थाका अध्यक्ष दीपकराम ढेवाजुको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, पूर्व सचिव नरेशकुमार श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा संस्थाको स्थापनाकालदेखि हालसम्म योगदान पु¥याएकोमा निवर्तमान अध्यक्ष प्रेम लिगल, तुलसीप्रसाद लिगल, नारायणकुमार श्रेष्ठ र मिसाःपुचका सम्पूर्ण सदस्यलाई सम्मान गरिएको थियो ।
संस्थाका पूर्व अध्यक्ष होमबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव मंगलकाजी मानन्धरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘एक साँझ शिवका माझ’
विसं २०८० ‘कालिका दर्शन वर्ष’
आज सोनाम ल्होसार, सरकारले दियाे बिदा
तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति
विश्व हिन्दू महासंघ महिला नगर समितिमा दुर्गादेवी बास्ताेला
hero news full width
मुख्य समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७