पोखरा । पोखरा उद्योेग वाणिज्य संघको आसन्न महाधिवेशनका लागि विन्दु कोइराला सुवेदीले आफ्नो प्यानल घोषणा गरेकी छन् ।
संघमा विगत १४ वर्षदेखि विभिन्न पदमा रहेर काम गरेकी उनले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी स्वतन्त्र समूहको नामबाट प्यानल घोषणा गरेकी हुन् ।
संघको विभिन्न जिम्मेवारीमा रहेर लामो समय काम गरेको भन्दै उनले संघ र उद्योगी व्यवसायीका सबै समस्याप्रति आफू जानकार र गम्भीर रहेको बताएकी छन् ।
उपाध्यक्षमा २ कार्यकाल काम गर्दा अग्रजलाई गर्नुपर्ने सम्मान र व्यवसायीको चाहनालाई नजिकबाट नियाल्ने अवसर पाएको भन्दै उनले संघ र उद्योगी व्यवसायीको समस्यालाई संवोधनसहित परिवर्तित अवस्थामा अग्रगामी कदम अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बताइन् ।
उनको प्यानलबाट वाणिज्य उपाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य सोवित पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, महासचिवमा पूर्व कोषाध्यक्षसमेत रहेका धनीराम बराल र कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य तारानाथ ढुंगाना र उपमहासचिवमा धर्मराज बर्तौलाले उम्मेदवारी दिएका छन् ।
संघको कार्यकारिणी सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम कार्की सुवेदी प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा पनि कसैलाई उम्मेदवार बनाइएको छैन । नारायण कोइराला प्यानलका पवन प्रजापतिलाई सघाउने बताइएको छ ।
साथै कर्पोरेट, उद्योग र वस्तुगत सदस्यको उम्मेदवार हाल घोषणा गरिएको छैन ।
स्वतन्त्र समूहले विभिन्न प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेको छ ।
जसमा मौद्रिक नीतिले ल्याएको व्यावसायिक उत्थान कोषको कार्यान्वयनमा जोड, महिला तथा युवा उद्यमी स्वरोजगार लक्षित कार्यक्रमलाई प्राथमिकता, संघको लक्ष्य अनुसार शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको आधुनिकीकरणमा पहल गर्नेलगायत छन् ।
यसअघि नारायण कोइराला नेतृत्वको समूहले चुनावका लागि उम्मेदवारको प्यानल नै घोषणा गरेको छ ।
संघको महाधिवेशन पुस २४ र २५ गते हुँदैछ ।
Related News
सम्बन्धित समाचार
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
निशान म्यागनाइट गाडी नेपाली बजारमा
नेपाली घ्यू जापानमा लोकप्रिय
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७