जलवायु परिवर्तनबारे नेपाली भाषाकाे पाठ्यक्रममा समेट्नुर्छ

आदर्श समाज संवाददाता
पौष १५, २०७७
jalabayu

पोखरा:  नेपाल साहित्य महोत्सवको नवौं संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा छलफलसँगै सुरु भयो । कार्यक्रममा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यस विषयसँग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत एवं संरचनागत प्रयासबारे कुराकानी भएको थियो ।

वक्ताहरू वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डे, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डा. महेश्वर ढकाल र वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्य थिए । जलवायु परिवर्तन र वातावरणको भविष्यसँग जोडिएको विषयमा पनि वक्ताहरूले आआफ्नो अध्ययन, अनुसन्धानसहित धारणा व्यक्त गरे । उनीहरूसँगको छलफल सहजीकरण गरेका थिए रमेश भुसालले ।

हिमाललाई पृष्ठभूमिमा राखेर गरिएको कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका रुपमा वक्ताहरूले माछापुच्छ«े हिमाललाई प्रस्तुत गरे । हिउँविहीन बनेको उक्त हिमालमा कार्बोन डाइअक्साइड र ब्ल्याक कार्बोनले कति असर पारेको छ भन्ने विषयमा वक्ता अरनिको पाण्डेले बताए ।

‘कार्बनडाइअक्साइडले हिउँ पगाल्छ । साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ’, उनले भने, ‘विशेषगरी दाउरा बाल्दा, इँटाभट्टा सञ्चालन गर्दा र सवारी साधनबाट निस्कने कालो धूवाँ हुन्, जसले जलवायुमा असर पार्छ ।’

उनले ब्ल्याक कार्बनले हावा तताउने र हिउँ पगाल्ने काम गर्ने जानकारी दिए । ती कार्बन २÷४ दिनदेखि २÷४ सातासम्म मात्र रहन्छ । जलवायु परिवर्तन एक दिनको तापक्रमसँग सम्बन्धित विषय नभई दशकौंदेखिको प्रक्रिया भएको अरनिकोले बताए । उनका अनुसार उत्पादित कार्बनडाइअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ । र, पृथ्वीका लागि खप्टिएको सिरक जस्तो बन्छ । त्यसले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ ।

अरनिको वायुमण्डलीय विज्ञानका अध्येता हुन् । ४०÷४५ वर्षअघि माछापुच्छ«ेबाट हिमनदी बग्ने गरेको र हाल ती नदी बाँकी नरहेको उनले सुनाए । ‘नेपालका अन्य हिमाली भेगतिर पनि कति खेर हिउँ पग्लन्छ । नदी र ताल बढ्छन् । बाढी आउँछ निश्चित छैन,’ उनले भने, ‘यहाँ हिउँ मात्र पग्लने हुँदैन, त्यसले खेतीकिसानीमा, खाने पानीमा, वर्षामा असर पुग्छ ।’

जलवायु परिवर्तनले एन्टार्कटिका र आर्टिक महाद्वीपतिर पनि बरफ पगालेर समुद्रको सतह बढाएको उनले सुनाए । त्यस्तै हिउँ पग्लिएर ताल र नदी बढाउने, बाढी निम्त्याउने, वर्षा गराउने, खेतीमा असर पार्नेलगायत असरहरूबारे कुरा भयो । तापक्रममा एक डिग्री मात्रको फरकले जाडो दिन घटाउने वा बढाउनेदेखि लामखुट्टे बढ्नेसम्म फरक पार्ने उनको तर्क रह्यो ।

जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छलफल हुँदै आएको बताउँछन् डा. महेश्वर ढकाल । उनका अनुसार सृजित समस्या न्यूनीकरणका लागि पहल भइरहेको छ । सन् १९९० को दशकमा भएको रियो सम्मेलनलगत्तै यो अन्तर्राष्ट्रिय मुद्दाका रूपमा चर्चा भइरहेको छ, जलवायु परिवर्तनको मुद्दा । मूलतः कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण विकास उन्मुख देशहरूलाई कसरी प्रभाव परेको छ र, विकसित देशहरूले कसरी विकास भइरहेका देशलाई जलवायु परिवर्तनसँग जोडिएका समस्या समाधानका लागि सहयोग पु¥याउन सक्छन् भन्ने विषयमा बहस हुने गरेका छन् ।

‘नेपाल जस्तो देश मारमा छ । भर्खर विकासतर्फ उन्मुख हामीले केही हदमा कार्बन उत्पादन गर्छौं । यस्तोमा हामीलाई विकसित देशहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पु¥याउनुपर्छ । त्यसका लागि आवश्यक फोरम बनेका छन्,‘ ढकालले भने ।

उनका अनुसार नेपाल जलवायु परिवर्तन र त्यसको प्रभाव न्यूनीकरणका लागि सन् २०१० देखि सक्रिय छ । नीतिगत र संरचनागत हिसाबमा पनि केही काम भएका छन् । तर देश संघीयतामा गएपछि नीति कार्यान्वयनका कसरी गर्ने भन्ने विषयमा चाहिँ प्रस्ट नभएको बताए ।

वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा मात्र हेरिनुलई समस्याका रूपमा व्याख्या गरिन् । समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उनको बुझाइ छ । ‘समयमा पानी नपर्दा, प्राकृतिक प्रकोपका कारण आम मानिस पीडित छन् । जहाँका मानिसले प्रत्यक्ष दुःख भोगिरहेका छन्, त्यहाँबाट परिवर्तन र पहल सुरु गरिनुपर्छ । त्यसमा राज्यको एवम् शक्तिमा भएकाहरूको सहयोग चाहिन्छ,’ उनले भनिन् ।

आफूहरूले नेपालमा ‘पोलिथिन ब्याग’ प्रतिबन्ध गर्ने अभियानका समय भोग्नुपरेको अप्ठ्याराहरूबारे बताइन् । उनीहरूले झोलामा प्रतिबन्ध लगाउन खोज्दा बजारले झोला उत्पादकको दोष देखाउने, उत्पादक नीतिगत स्पष्टता खोज्ने र सरकार आम मानिसको चेतनामा प्रश्न गरेको उनले बताइन् । ती अप्ठ्याराहरूले शक्तिमा रहेका र आम मानिसबिचको मतभेद प्रष्ट पा¥यो ।

त्यस्तै हाल नेपालका स्थानीय तहमा हुने गरेका योजनाबिनाका विकास कार्यले पनि जलवायु परिवर्तनमा भूमिका खेलेको उनको तर्क छ । ‘हरेक जनप्रतिनिधि वा उनीहरूको आफन्तसँग डोजर छ । डोजरलाई वर्षभर काम दिन पनि भीर खनेर सडक बनाउने काम तीव्र छ,’ उनले भनिन्, ‘जङ्गल नासिएका छन् । एउटै ठाउँमा पुग्न दुईतीन वटा बाटो बनाइएका छन्, जुन दीर्घकालीन हुँदैनन् । एउटै वर्षापछि भत्किन्छ ।’ विकासका नाममा भएका यस्ता कार्यले पनि नकारात्मक असर पु¥याएको उनको कथन हो ।

मानिसको दैनिकीलाई प्रकृति सन्तुलित बनाउनुपर्नेमा उनले जोड दिइन् । महेश्वर ढकालले भने छिमेकी राष्ट्रहरू भारत र चीनको जनसङ्ख्या, विकास र उत्पादक कार्यले पनि नेपाललाई असर पारिरहेको तर्क अघि सारे । ‘ती कार्यले हिमाल पग्लनेदेखि जैविक विविधतामा त असर पारेको छ, वैदेशिक सम्बन्ध आर्थिक र सामाजिकसँगै वातावरणसँग पनि जोडिएको विषय हो,’ उनले भने ।

अरनिकोले जलवायु परिवर्तनका विषयलाई शिक्षा र साहित्यसँग जोड्न पर्ने कुरा राखे । आँखाले नदेख्ने विषयहरूलाई साहित्य बनाउन गाह्रो भए पनि चेतनामूलक गैरआख्यान बनाउन सकिने उनको भनाइ छ ।

त्यस्तै महेश्वर ढकालले नेपाली भाषामा जलवायु परिवर्तनबारे विषय पाठ्यक्रममा समेट्नुपर्ने साथै अनौपारिक पाठ्यसामग्रीसमेत प्रकाशन गर्नुपर्ने बताए । भने, ‘मिडियाले पनि सायद यी विषय समेट्नुपर्छ । राजनीतिक विषय मात्र प्रकाश पार्दा वातावरण र जलवायु परिवर्तनका कुरा छायामा परेका छन् ।’

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width