जिल्ला प्रहरी कार्यालय सुर्खेतद्वारा १४ ग्राम ९७० मिलिग्राम लागु औषधसहित पक्राउ गरिएको वीरेन्द्रनगर नगरपालिका– ८ सुर्खेत बस्ने कौशिला सिंह र शान्ति सिंह (सासु बुहारी)लाई प्रहरीले सार्वजनिक गर्दै । तस्वीरः सुरजकुमार सिंह, रासस
कर्णाली, १५ पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत बस्ने कौशिला सिंह र शान्ति सिंह (सासु बुहारी)बाट जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुरिया बनाएर राखेको लागुऔषध ब्राउन सुगर । तस्वीरः सुरजकुमार सिंह, रासस
“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।”
लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।
पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
मोरङमा शिक्षक हत्या आरोपित विप्लव कार्यकर्ता पक्राउ
छात्रालाई होटलमा लगेर परीक्षा दिलाउने शिक्षक पक्राउ
पुसमा लागु औषधका ११ उजुरी
hero news full width
मुख्य समाचार
प्याराग्लाइडिङबाट फेवामा खसेका युवाको उद्धार
सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
माघ १५, २०७७कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
माघ १५, २०७७मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
माघ १५, २०७७घरपरिवारबाटै अपहेलित छन् बहिरा
माघ १५, २०७७स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७