तस्बिर : दुर्गाप्रसाद पाैडेल
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले पोखरामा मंगलबार विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको हो ।
चिप्लेढुंगाबाट सुरु विरोध र्याली महेन्द्रपुल, नयाँबजारहुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई नै अध्याँरो सुरुङमा धकेलेको आरोप लगाए । अरुको सेटिङमा चल्दा ओली आफै फसेको पाण्डेको टिप्पणी थियो ।
‘संसद विघटन गर्ने कुरा ओलीले भनेजस्तो आफ्नै सेटिङमा नभई अरुको सेटिङमा भएको हो,’ पाण्डेले भने, ‘भोलि तिनै सेटिङ गर्नेहरुले ओलीलाई अधिकारका निम्ति आफूहरुसँग आउने अवस्था ल्याउने छ ।’ नेकपालाई ४५ लाखभन्दा बढी भोट दिने र लोकतन्त्रका पक्षपातीहरु अहिले दुःखी बनेको र प्रधानमन्त्री ओलीको कदमलाई धिक्कारिरहेको उनले बताए ।
चुनाव चिह्न सूर्य र आधिकारिक नेकपा आफ्नै हुने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद भङ्ग गरेकोले अब संसद पुनःस्र्थापना नहुँदासम्म आन्दोलन जारी रहने बताए । ‘जबसम्म संसद पुनस्र्थापना हुँदैन, तबसम्म आन्दोलन निरन्तर रहन्छ’ उनले भने ।
नेकपाका अर्का नेता खिमलाल देवकोटाले प्रधानमन्त्री ओलीले असंवैधानिक, अराजनीतिक र अनैतिक कदम चालेको आरोप लगाए । गणतन्त्र नेपालमा महाराज बन्ने छुट कसैलाई नरहेको उनको टिप्पणी थियो । उनले संसद भङ्ग गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको भन्दै सरकार जन्माउन नसकेमात्र संसद भङ्ग हुने प्राबधान रहेको बताए ।
कोणसभामा नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तम, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य सीता गिरी ओली, नेकपा कास्की सचिव बखानसिंह गुरुङ र धनराज आचार्यलगायतले सम्बोधन गरेका थिए ।
सहभागीले ओली र सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले प्रतिगामी सरकारलाई असफल पारौं, नालायक सरकार राजीनामा दे, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद, प्रतिगामीहरु होसियार, वीर सहिद लालसलाम, प्रतिगामी ओली होसियारलगायत नाराबाजी गरेका थिए ।
Related News
सम्बन्धित समाचार
इजलास छैन श्रीमानलाई,
टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
जहाँ ओली त्यहिँ सूर्य चिह्न : मुख्यमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु
किन धुम्मिएकाे छ आकाश ? पहाडी भूभागमा आंशिक बदली
माघ ९, २०७७भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो
माघ ९, २०७७छतमै तरकारी फलाएर वर्षमा ८० हजारसम्म बचत
माघ ९, २०७७एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
माघ ९, २०७७कांग्रेसको वडावडामा विरोध प्रदर्शन
माघ ८, २०७७