वागमतीका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त

आदर्श समाज संवाददाता
पौष १४, २०७७
dormani

पाेखरा ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त गरेका छन्।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका निर्वाह गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलको नेताको हैसियतमा पौडेलले बर्खास्त गरेका हुन्।

पौडेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ४५ मध्ये ३० सांसदलाई स्पष्टिकरण समेत सोधेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको जानकारी दिए।

नेकपाको दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले १० पुसमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

वाग्मती प्रदेशमा नेकपाको कुल ८० सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ३४ र दाहाल–नेपाल पक्षमा ४६ सांसद छन्।

Related News

सम्बन्धित समाचार

hero news full width