पढ्ने र पढाउने हुटहुटी

आदर्श समाज सम्वाददाता
पौष १४, २०७७
5th Session-Padhne padhaune

पाेखरा । पठन संस्कृतिको विकासका लागि के, कस्तो पहल गर्न सकिन्छ भन्नेबारे पोखरामा जारी आईएमई लिटरेचर फेस्टिभलमा युवा पुस्ताले आफ्ना भनाइ राखे । ‘पढ्ने र पढाउने हुटहुटी’ शीर्षक सत्रमा इटहरीका विकेश कविन, कपिलवस्तुका हरि खनाल र काठमाडौंकी मनुश्री महतले भाग लिएका थिए । उनीहरू सबै विद्यार्थी हुन् ।

मान्छे थुप्रै भ्रम, सिमितता र संकिर्णतासाथ बाँचिरहेको हुने भएकाले यसबाट बाहिरिन पठन आवश्यक रहेको बिकेशले बताए । ‘लेखक हुनलाई पाठक हुनैपर्छ, उनले भने, ‘कविता, निबन्ध र संस्मरण लेख्छु म । भाषिक सौन्दर्य, शब्दभण्डार बढाउन पढ्नै पर्छ । पठनका बेला हामीभित्रको हामीसँग हुन्छम् । स्वान्त सुखायको अवस्थामा पुग्छौं ।’
कक्षा १० की छात्रा मानुश्रीले चाहिँ कोर्स बाहिरको किताब पढ्दा मान्छेहरूले खिसी गर्ने गरेको बताए । ‘तर, बाहिरको किताब पढ्दा कोर्समा नभएको कुरा थाहा हुन्छ,’ उनले भनिन्, ‘आख्यान पढ्दा अर्को मान्छेको जीवन बुझिन्छ, उनीहरूमार्फत् समाजका अन्य मानिसको भावनाहरू बुझिन्छ । गैर–आख्यान रियल लाइफको अनुभव, अप्स एन्ड डाउन्स बुझिन्छ । हाम्रो प्रस्पेक्टिभ नै ब्रोड हुन्छ ।’

सानो छउन्जेल पढ्न खोजेका सबै पुस्तक भेटे पनि पढाइको दायरा बढ्दै जाँदा खोजेका किताब भेटिन छोडेको मानुश्रीको गुनासो थियो । पठनलाई आफूमा मात्र सिमित नराखेका हरिले चाहिँ विगत दुई महिनायता विभिन्न कारागाराहरूमा पुस्तक वितरण गर्दै आएका छन् । राष्ट्रिय पुस्तकालयको अभियन्तासमेत रहेका उनी अरूलाई पढाएर र किताबको सहाराले आनन्द बटुलिरहेको गरिरहको बताउँदै थिए ।

‘आफू बाच्नुको सम्बन्ध आफूसँग मात्रै हुँदैन,’ हरिले भने, ‘वृक्षले फल उत्पादन गर्छ तर त्यो फल आफू खाँदैन । मैले पनि आफू मात्र पढ्न चाहिनँ । अरुलाई पढाएर, किताबको साहराले आनन्द बटुलिरहेको छु । विवेकानन्दका अनुसार खाना दिए केही घण्टालाई, वस्त्र दिए केही महिनाको लागि, ज्ञान दिए जिवन्त रहन्छ ।’

हरि झैं बिकेशले पनि ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुपमार्फत् अन्यलाई पढ्न पे्रररित गर्दै आएका छन् । सन् २०१७ सालमा ग्रुप सुरु गरेका उनी हाल डेढ सय टपिकका लेख–रचना जम्मा पारेर त्यसको संग्रह गर्दैछन् । ‘आजभन्दा १०÷२० वर्षअघिका लेखहरू खोज्ने मान्छे टन्नै छन्,’ उनले भने, ‘कसैले मागेमा हामीसँग भएका ईं–लेख उपलब्ध गराउन सक्छौं ।’

आफूले झैं पठनको रुची सेयर गर्ने दुई÷तीन जनामात्रै साथी भएको मनुश्रीको भनाइ थियो । उनीहरूसँग कुराकानी गर्न खूब रमाइलो लाग्ने उनले बताइन् । कोर्सबाहिरका किताब खासै नपढ्ने साथीहरूलाई उनी विभिन्न पुस्तक र तिनका पात्रबारे बताएर पठनमा उत्साहित गराउन खोज्दी रहिछन् । बिकेशले किताब पढ्नु मात्रै पठन नभएको भनाइ राख्दा युट्युबमार्फत् कार्यक्रम लाइभ हेरिरहेका निखिल खत्रीले उनको कुरा राम्रो लागेको प्रतिकृया दिएका थिए ।

‘सबैजना पढ्न मान्छे पाठक होइनन्,’ बिकेशले थपे, ‘पाठक यात्री हो । पुस्तक पढिसकेपछि पनि पठन सकिँदैन । पठन मूल कुरा हो भने चिन्तन, मनन महत्वपूर्ण कुरा हो । परिवारमा एक जनाले पढ्यो भने पठनको बिउ रोपिन्छ ।’ घरमा लेख–पढ गर्ने वातावरण नभए पनि आफू कुन संयोगले यो दुनियाँ आइपुगेँ भन्नेबारे बिकेश छुस्स सेयर गर्न भ्याए ।

कारागारामा पुस्तक उपलब्ध गराउनुको अभिप्रायबारे पत्रकार स्वेच्छा राउतले बुझ्न खोज्दा हरिले दिएको जवाफ रोचक मानियो । उनले भने, ‘प्रकाशको आवश्यता त्यहीँ हुन्छ जहाँ अन्धकार हुन्छ । हाम्रो माग के छ भने कारागारलाई बन्दी गृह नबनाएर प्रज्ञा केन्द्र बनाइयोस् । स्वतन्त्रताको अनुभव आफूभित्रै निहित हुन्छ । जसले आफूलाई बुझेको छ, ऊ कारागाराभित्र रहेका पनि स्वतन्त्र हुन्छ । उसलाई बन्दी भन्न मिल्दैन ।’

‘अपराध गर्नेलाई सजाय दिनुपर्छ, किताब होइन’ भन्ने खालका प्रतिकृया आउँदा आफूलाई नमिठो लाग्ने गरेको हरिले बताए । ‘मान्छे जन्मिँदै अपराधी हुँदैन,’ उनले भने, ‘अपराध त समाजदेखि जन्मिरहेको छ, त्यो समाज भनेको तपाई–हामी नै हो । अपराधीले फाँसी दिने हो भने हामी आफैं पनि फासीमा चढ्न सक्नुपर्छ, सकिन्छ त ?’ कारागारबाट पुस्तकहरूको माग आउन थालेयता आफूहरूलाई अलि समस्या परेको उनले जानकारी दिए । ‘हामी आफैं विद्यार्थी हौ, फन्डिङको स्रोत छैन,’ उनले भने, ‘डोनेसनको किताबमा भर पर्नुपर्छ । मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।’

हरिसँगको प्रसंग मोड्दै मध्यस्थकर्ता राउतले मधेसी मुलका बिकेशलाई भाषाका कारण पठनका बाधा–अड्चन पुग्ने, नपुग्नेबारे सोधेकी थिइन् । बिकेशले आफू मिश्रित समुदायमा हुर्केको हुँदा सबै भाषीभाषीमा अपनत्व महसुस हुने बताए । ‘म थारु र नेपाल भाषा बरोबर सुन्छु,’ उनले भने, ‘पठनको अभावले कुसुन्डा भाषा लोप भइसक्यो । मलाई त मुन्धुम, किरात भाषा सबै मेरै हो जस्तो लाग्छ । अन्य भाषासँग मलाई पठनले नै नजिक बनाएको हो ।’

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width