२५ वर्षमा पनि विश्वास जित्न गाह्रो

आदर्श समाज संवाददाता
पौष १४, २०७७
Karmath ketiharu

पाेखरा । बाल–कुपोषण न्यूनीकरण र मातृस्वास्थ सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोभिड–१९ कारण २५ दिनमै धरापमा परेको सोसल चेन्जमेकर एन्ड इन्नोभटेरर्स (सोचाइ) की संस्थापक बोनिता शर्माले बताइन् ।

शर्मा उनै हुन्, जसलाई सन् २०१९ मा बीबीसीले विश्वका प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा समेटेको थियो । उनी महिला र बाल–स्वास्थको क्षेत्रमा काम गर्दै आएकी छन्, नवउद्यमी हुन् । शर्माकै समकालीन अर्की महिला उद्यमी सोनिका मानन्धरले चाहिँ २५ वर्षदेखि महिलाहरूको हालत उस्तै रहेको उल्लेख गरिन् । ‘नेपालमा २५ वर्षअघिदेखि महिलाहरूले सफा टेम्पु चलाउन थाल्नुभएको हो,’ उनले भनिन्, ‘अहिले उहाँहरूले सफा टेम्पु छाडेर इलेक्ट्रिक ट्याक्सी किन्न वा कुनै पनि कामका लागि ऋण माग्नुभयो भने कुनै पनि बंैंकले उहाँहरूलाई पत्याउँदैनन् । यत्रो वर्षदेखिको योगदानपछि पनि नेपालमा महिलालाई विश्वास गरिँदैन ।’

आइएमई लिटरेचर फेस्टिभलको नवौं शृंखलाको पहिलो दिनको दोस्रो सत्र ‘कर्मठ केटीहरू’ मा शर्मा र मानन्धरसँगै ‘खाली सीसी’ संस्थाकी आयुषी केसीले आफ्ना उद्यम, यसमा रहँदाका चुनौती, समाज, राज्य र अन्र्तराष्ट्रिय क्षेत्रले महिला व्यवसायीलाई गर्ने व्यवहार लगायत विषयवस्तुबारे आफ्ना अनुभव र विचार साटासाट गरे ।

तीनै युवा व्यवसायीका कामलाई बीबीसी, फोब्र्स, नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको उल्लेख गर्दै मध्यस्थकर्ता आभाष्ना पाण्डेले उद्यमीका रूपमा उनीहरूलाई आफ्नै देशले चाहिँ कस्तो व्यवहार गर्छ भनी जिज्ञासा राखेकी थिइन् । यसमा खाली सीसीकी आयुषीले भनिन्, ‘देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा हामीले निरन्तर घचघच्याइरहनुपर्छ भन्ने ठान्छु । निरन्तरको प्रयासले नै अहिले हामी काठमाडौं महानगरपालिकाको वातावरण साखासँग मिलेर काम गर्ने अवस्थामा पुगेका छौं ।’

बोनिता र सोनिकाले चाहिँ युवा व्यवसायीलाई सरकारले तक्मा दिनुभन्दा काम गर्ने वातावरण र अवसर मिलाइदिए पर्याप्त हुने बताए । ‘दुर्भाग्यको कुरा, नेपालमा विदेशीले ठप्पा नलगाइदिएसम्म कसैले पत्याउँदैन,’ बोनिताले भनिन्, ‘म बीबीसीको सूचीमा पर्नुअघि हत्तपत्त मान्छेले मेरो काम, कुरा सुन्दैनथे । अहिले चेली, छोरी भन्दै व्यवहार गर्छन् ।’ बीबीसीको सूचीमा परेपछि आफूलाई वाग्मती प्रदेशको योजना आयोगको एक समितिमा सदस्य बनाइएको उनले अवगत गराइन् ।

ग्रिन माइक्रो आन्ट्रप्रेनरका लागि महिलाहरूमाझ वित्तीय पहुँच पु¥याउन डिजिटल टोकन सिस्टम प्रविधि निर्माण गरेको एलोई टेक्नोलोजिकी सोनिकाले व्यवसाय क्षेत्रमा प्रयोग हुने इन्नोभेसन (आविस्कार) बारे पनि बोलेकी थिइन् । उनका अनुसार आविस्कार भनेको प्रोग्रेस (प्रगति) हो । ‘सबै इन्नोभेसन हाई–टेक हुन्छन् भन्ने छैन, लो–टेक नै खासमा हाई–टेक हो,’ उनले भनिन् ।

इन्नोभेसनहरू उच्च प्राविधिक हुनुनपर्ने बरु भइरहेको पद्धतीलाई सुधार गर्न सके त्यो नै इन्नोभेसन हुने आयुषीको भनाइ थियो । यही सन्दर्भमा बोनिताले थपिन्, ‘समाजमा विद्यमान समस्याको लो–टेकबाटै समाधान निकाल्न सकिन्छ । समाज सुहाउँदो समाधान खोज्न सक्नुपर्छ, यसरी सुधार होला भनेर पहिल्यै एजम्सन राख्नु हुँदैन । भुइसतहमै पुग्नुपर्छ ।’
पितृसत्तात्मक समाजका प्रभावबारे राखिएको प्रश्नमा तीन जना वक्ताले अझै पनि खुलेर बोल्ने, नेतृत्व लिने र विश्वास आर्जन गर्ने कुरामा महिलालाई शंकाको दृष्टिले हेरिने बताए । ‘मेरो एउटा सामान्य ट्वीटमा थुप्रै नराम्रा प्रतिक्रिया आएका थिए,’ बोनिताले भनिन्, ‘यसबाट मैले के बुझेँ भने हामीले महिला सशक्तीकरणका बारे थुप्रै बोलेछौं । तर सशक्त महिलासँग कसरी व्यवहार गर्ने भन्नेबारे चाहिँ बुझाउनै बाँकी रहेछ ।’

आयुषीले भने खाली सीसी, पुराना कागज संकलन गर्ने दाजुहरू एककठ्ठा पार्न सुरुमा गाह्रो भएको स्मरण गरिन् । ‘उहाँहरू अलि टे«लिडसनल पृष्ठभूमिको मान्छेहरू हुनुभएकाले केटीले नेतृत्व गरेको संस्थाले के नै गर्ला भन्ने लागेको हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँहरूलाई निर्देशन गर्न गाह्रै भयो । तर पछि तिनै सुरुका दाईहरूले अन्य दाईहरू पनि लिएर आउनुभयो ।’

यो टोलीले कोरोनाका बेला आइपरेका गाह्रोसाह्रोबारे पनि केहीबेर भलाकुसारी गरेको थियो । काठमाडौंस्थित कार्यालयको कामका असर नपरे पनि फिल्डमा जान नसक्दा समस्या भएको सोनिकाले बताइन् । उनले लकडाउनका बेला रोजगारी ठप्प भएका महिला सफा टेम्पु चालकलाई मान्छेको सट्टा सामान ओसारपसारतर्फ लगाएको बताइन् ।
सत्रको अन्त्यमा वक्ताहरूले स्टार्टअपहरू सरकारी नीति–निर्माण कुर्नुभन्दा आफ्नै कामको उदेश्य र प्रतिफलबारे केन्द्रित भएर लागिपर्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

    • संसद् बैठकमा सभामुखको लिखित मन्तव्य

      रासस फागुन २३, २०७७
      काठमाडौँ, २३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत…
    • ऋषि कट्टेलकाे नेकपा वैधानिक, अ‍ोली- दाहालकाे खाेरज

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      काठमाडौं । ऋषि कट्टेलले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतलेआधिकारिकता दिएको छ कट्टेलको रिट निवेदन बमोजिम न्यायाधीशद्वय कुमार रेग्मी…
    • घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी

      प्रकाश ढकाल फागुन २३, २०७७
      पोखरा । घुम्दा पनि तलब ? त्यसमाथि छुट्टी पनि । गण्डकी प्रदेशले कर्मचारीलाई ‘रिफ्रेस’ गराउन तलब सहितको छुट्टी दिन्छ ।…
    • सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता

      Avatar श्रीभद्र पौडेल फागुन २३, २०७७
      हेमजा । जनयुद्ध ताका डोटीका मनोज धामीका बुवाको निधन भयो । असाध्यै माया मान्ने घरमूलीको निधनसँगै परिवार नै विक्षिप्त भयो ।…
    • यसरी शुरु हुँदै छ संसद

      रासस फागुन २२, २०७७
      काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ ।…

    hero news full width

    sanil ads

    wordlink ads