पाेखरा । हिमाली जिल्ला मनाङको न्यूनतम तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झरेको छ।
मनाङको नार्फाभूमि गाउँपालिकाको तापक्रम रातको समयमा माइनस १८ डिग्री सेल्सियसमा झर्ने गरेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।
सदरमुकाम चामेको तापक्रम भने रातको समयमा माइनस ८ डिग्रीसम्म झर्ने गरेको उनले बताइन् । उनका अनुसार अत्याधिक चिसोसँगै ताल र खोलहरुसमेत जम्न थालेका छन्।
गंगापूर्ण, ग्रिनलेकलगायतका दर्जन बढी ताल जमेर बरफ भएका छन् भने साना तिना खोलाहरु पनि जमेर बरफ भएको उनले जानकारी दिए । धाराको पानी पनि जमेका कारण कतिपय ठाउँमा बरफ तताएर पानी बनाएर खानु पर्ने अवस्था सृजना भएको छ ।
यस्तै मुस्ताङको लोमान्थाङ छोसेरको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार त्यहाँ धारामा पानी जमेको छ भने तालसमेत जम्न थालेको छ।
त्यस्तै जुम्लाको तापक्रम माइनस ८ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लामा हिमपातपछि थप चिसो बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।
Related News
सम्बन्धित समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७