पोउवा संघ चुनाव : नारायण काेइरालाकाे प्यानल सार्वजनिक

आदर्श समाज संवाददाता
पौष १३, २०७७
pcci narayan koirala (1)

तस्बिर : शाैरभ थापा

पोखरा । मुलुकमा राजनीतिक सरगर्मी भइरहेका बेला पोखराका उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । संघमा सर्बसम्मतिको प्रयास जारी रहँदा अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सोमबार प्यानलै घोषणा गरेका छन् । संघको महाधिवेशन पुस २४ र २५ गते हुँदैछ ।

यसअघि अध्यक्ष पदमा पराजय भोगिसकेका कोइराला अर्को कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, वाणिज्यतर्फको उपाध्यक्षमा वर्तमान महासचिव अर्जुन पोखरेल र उद्योग तर्फबाट वर्तमान उपमहासचिव चिनु गुरुङको नाम सार्वजनिक गरिएको छ ।

महासचिवमा वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे, कोेषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।

कार्यकारिणी सदस्यमा १२ जनाको नाम सार्वजनिक गरिएको छ । कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइरालाको नाम सार्वजनिक गरिएको छ । एसोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी मिराज चुनावी मैदानमा उत्रने भएका छन् ।

उम्मेदवारी घोषणापछि कोइरालाले संघको नयाँ कार्यसमितिका लागि सर्वसम्मत बनाउने प्रयास पनि जारी रहेको बताए । सामूहिक एकता र सहकार्यले व्यावसायिक वातावरण निर्माण एवं समस्यासँग जुध्न सकिन्छ भनेर नै टिम घोषणा गरिएको उनको भनाइ थियो ।

संघका वर्तमान महासचिव तथा वाणिज्यतर्फका उपाध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले संघलाई राजनीतिकरणबाट मुक्त राख्नका लागि टिम घोषणा गरिएको बताए । उम्मेदवारी घोषणा कार्यक्रममा उनले यसअघि संघमा राजनीति हावी हुँदा समस्या भएको भन्दै यस पटकबाट राजनीति मुक्त बनाउनुपर्ने खाँचो औंल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width