अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि तय भएको राहत प्याकेज सम्बन्धी विधेकलाई कानूनमा परिणत गरेका छन् ।
सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका ट्रम्पले अन्ततः स्थानीय समय अनुसार आइतबार बेलुका विधेयकमा हस्ताक्षर गरेका हुन् । केही दिनदेखि फ्लोरिडाको गल्फ क्लबमा रहेका ट्रम्पले त्यहिँ नै विधेयकमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले सो विधेयकलाई कानूनमा परिणत नगर्दा लाखौँ अमेरिकीले शनिबार रातिदेखि राहत पाउन सकेका थिएनन् ।
ट्रम्पले भने अनुसार नागरिकलाई दिइने रकम ६०० बाट बढाएर दुई हजार डलर बनाउन डेमोक्र्याटहरु पहिलेदेखि नै तयार थिए र त्यसका लागि प्रयास गरिरहेका थिए । तर ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरु विपक्षमा उभिएका हुन् ।
कोरोना भाइरस सहायता विधेयक भनिए पनि त्यसमा कोभिड–१९ सँग सम्बन्धित कुनै पनि व्यवस्था नरहेको ट्रम्पले आरोप लगाएका थिए ।
उनले विभिन्न देशका लागि सहयोग गर्न छुट्याइएको रकम अनावश्यक भन्दै ट्रम्पले त्यसलाई तत्काल हटाउन पनि भनेका थिए ।
अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज गएको सोमबार अबेर पारित भएको थियो । माथिल्लो सदन सिनेटले स्थानीय समय अनुसार सोमबार अबेर सो प्याकेजमालाई स्वीकृत गरेको हो । त्यसको केही घण्टा पहिले तल्लो सदन हाउस हफ रिप्रिजेनटेटिभले प्याकेज पास गरेको थियो।
राहत प्याकेजमा समस्यामा परेका नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।
यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने उल्लेख छ ।
अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो ।
Related News
सम्बन्धित समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७