ओलीले देश धरापमा पारे : देवेन्द्र पौडेल

adarsha samaj आदर्श समाज संवाददाता
पौष १२, २०७७
ne ka pa kaski progrem photo

हेमजा । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी देशलाई धरापमा पारेको आरोप लगाएका छन् ।

नेकपा (प्रचण्ड–माधव समूह) को कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री ओली यतिसाह्रोे गुटवादी, एकाधिकारवादी र व्यक्तिवादी रहेछन् भन्ने कुरा संसद विघटनले प्रष्ट पा¥यो,’ उनले भने । यो घटनाले पार्टीभित्रको अन्तरसंघर्षलाई शत्रुतापूर्ण बनाउने गरेको तितो समेत उनले पोखे ।

ओलीले एक वर्षदेखि नै पार्टी फुटको संकेत दिँदै आएको उनको दाबी छ । अब चुनाव भए ओलीले एउटा वडामा पनि नजित्ने उनको ठोकुवा छ ।

नेकपाका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले ओलीको अधिनायकवादविरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङले संसद विघटन गरेर ओलीले संवैधानिक ‘कु’ गर्न खोजे पनि त्यसलाई असफल बनाएरै छाड्ने उद्घोष गरे।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चूडामणि जंगली र सीता गिरी, कास्की सचिव बखानसिंह गुरुङ, नेकपा नेता धनराज आचार्यलगायतले धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads