काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक (आइपिओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस १० गते कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्रीको अनुमति माग गर्दै २०८८ मंसिर ८ गते बोर्डमा आवेदन लिएको थियो ।
मंसिर ३ गते सम्पन्न वार्षिक साधारणसभाबाट कम्पनीले आइपिओ निष्कासन प्रस्ताव पारित गरेको थियो । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ भने कम्पनीको आइपिओ प्रत्याभुकर्ता (अन्डरराइटर) मा नागरिक लगानी कोष छ ।
कम्पनीले निष्कासन गर्न लाइफका आइपिओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो । अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशतबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आइपिओ बिक्री पछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०ः४० प्रतिशत हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो ।
बैंक २०७५ जेठ २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रुपमा काम गर्ने यस बैंकले मुलुकको पूर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर प्रचलित ऐन, कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही पूर्वाधारसम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी गर्ने, स्वेदेशी परियोजनामा लगानी गर्न रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी स्रोत परिचालन गर्ने कार्य गर्छ ।
बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ ।
Related News
सम्बन्धित समाचार
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
सुनकाे मूल्य १७०० ले घट्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७