फोटोग्राफर संघ महिला उपसमितिको सहयोग

adarsha samaj आदर्श समाज संवाददाता
पौष ११, २०७७
photographer

पोखरा । पोखरा फोटोग्राफर संघ महिला उपसमितिले साथी संसार नेपालका मस्तिष्क पक्षघातपीडित बालबालिकालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ ।

तीजको दरखाने रकम कटौती गरी दानपेटिकामा संकलित रकमबाट १७ हजारसहित खाद्यान्न सामग्री सहयोग गरिएको उपसमिति संयोजक पूर्णकुमारी थापाले जानकारी दिइन् ।

साथी संसार नेपालकी खुमकुमारी रानाले दिदीबहिनीहरुको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिन् ।

कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रविनाथ दाहाल, पोखरा फोटोग्राफर संघका निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी, कैलाश सहकारी संस्थाका संस्थापक अध्यक्ष नवीनराज पौडेल, पूर्व अध्यक्ष जीवन ढुंगाना, फोटोग्राफर संघ महिला उपसमिति सदस्य नन्दकला पौडेललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • सुत्केरीलाई गाउँपालिकाको भत्ता

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      वालिङ ।  हरिनास गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले चालू आवको सुरुआतसँगै उक्त…
    • मापसे  चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन १४, २०७७
      पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीको रेकर्ड अनुसार साउनदेखि माघ मसान्तसम्म २ सय ४५ चालक मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परे…
    • नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह 

      rss रासस फागुन १३, २०७७
      नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पुर्याउने थोरै मात्र पात्र भेटिन्छन्…
    • अपागंता भएका व्यक्तिलाई ह्वीलचियर

      Avatar आदर्श समाज सम्वाददाता फागुन ११, २०७७
      पोखरा । नेपाल अपांग समाज सेवा संघले राष्ट्रिय अपांग पुनस्र्थापना समाजको सहयोगमा कास्कीमा अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राइसाइकल वितरण…
    • पोखराका ६ युवा विश्व साइकल यात्रामा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १०, २०७७
      पोखरा । पोखराबाट ६ जना युवाको टोली विश्व साइकल यात्रामा निस्कने भएको छ । केही समय अगाडि पूर्व मेचिदेखि पश्चिम…

    hero news full width

    sanil ads

    wordlink ads