नमस्ते सहकारीमा धर्मराज अर्याल

आदर्श समाज सम्वाददाता
पौष ११, २०७७
namaste sahakari

पोखरा । नमस्ते बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–४, सिद्धार्थचोकको अध्यक्षमा धर्मराज अर्याल निर्वाचित भएका छन् ।

संस्थाको १० औं साधारणसभाअन्तर्गत मतदान प्रक्रियामा अध्यक्षका प्रत्यासी राजुकुमार शर्मालाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।

निर्वाचित अर्यालले कुल खसेको १ सय ७५ मतमा १ सय ३१ मत प्राप्त गरेका थिए भने शर्माको पक्षमा मात्र ३८ मत परेको थियो । १ सय ९४ मतदातामध्ये १ सय ७५ मत खसेकोमा ४ मत बदर भएको निर्वाचित समितिले जनाएको छ ।

संस्थाको उपाध्यक्षमा कल्पना गौतम निर्वाचित भइन् । उनले अर्का प्रत्यासी भीम गौतमलाई हराएकी हुन् । सचिवमा दधिराम दाहाल र कोषाध्यक्षमा रोविन गुरुङ सर्वसम्मत भए ।
संचालक समिति सदस्यमा विष्णुबहादुर अधिकारी क्षत्री, उदयबहादुर केसी, नवीनराज बराल, बुद्धिप्रसाद भण्डारी, केशरबहादुर केसी, जनकराज सुवेदी र सरस्वती गिरि छन् ।

यस्तै, लेखा समिति संयोजक विजयराज बराल र सदस्यमा पोषबहादुर भुजेल र मनोज केसी छन् ।
शिक्षा, सूचना, युवा तथा सञ्चार समितिमा रामचन्द्र पाण्डे, राजीव केसी छन् भने कर्जा लगानी तथा असुली उपसमितिमा त्रिलोचन गौतम र त्रिलोचन दाहाल छन् ।

संस्थाका सल्लाहकार चण्डिप्रसाद अर्याल संयोजक रहेको निर्वाचन समितिमा सल्लाहकार लीलाधर सुवेदी र मीनराज काफ्ले सदस्य थिए ।

ज्येष्ठ सदस्य झमलाल अर्याल, संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार नारायण पौडेल, निवर्तमान अध्यक्ष विष्णुहरि दाहाललगायतले निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width